जनकपुरधाम । नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै मधेशको राजनीतिमा उदाएका जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिभाशाली युवा नेता तथा मधेस सरकारको प्रवक्ता तथा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह सप्तरी क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सदस्य हुन ।

आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै  जनताको बारेमा सोच्ने मन्त्री साह सबै जनताको प्रिय नेता हुन । उहाँले प्रदेश सभा चुनावमा  सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (क)  बाट पुनः चुनावको तयारी मा छन् ।

मन्त्री साह एक सर्वसाधारण व्यक्ति र  किसानका छोरा हुन् । राजनीति उसको विरासत हैन, विरासतले उनी नेता बनेका होइनन् । राजनीति उसको लागि पुस्तैनी पेशा पनि होइन ।

आफ्नो पढाई, केरिएर, परिवार कसैको परवाह नगरी विद्यार्थी जिवन देखिनै उत्पीडित, अपहेलित पछाडि परेका वर्ग समुदायको अधिकारका निम्ति संघर्षरत  मध्ये एक हुन् ।

लोकतान्त्रिक आन्दोलनदेखि मधेस आन्दोलन सम्मका वेला एक सामान्य कार्यकर्ता सरह मसाल बोक्नेदेखि टायर बाल्ने सम्मको क्रियाकलापमा सक्रिय र प्रत्यक्ष भूमिका निर्वाह गरेका व्यक्ति हुन ।

अन्य पेशामा लागेर अकुत सम्पत्ति कमाई आफ्नो र आफ्नो पारिवारिक लाइफ सेटल गरेर सम्पत्ति बलमा राजनीतिलाई पैसा र पावरको अखडा बनाउने  नेता होइनन्,  जनता माझ रहेर, जनताको मन जितेर आफ्नो सङ्घर्षको बलमा नेता बनेका व्यक्ति हुन ।

पार्टी, सिद्धान्त र बिचार प्रति प्रतिबद्ध कार्यकर्ता हुन , पद र टिकटका निम्ति चुनाव पिच्छे पार्टी फेर्ने नेता पनि होइनन् । जनताको स्नेह र सद्‌भावले प्रदेश सांसद तथा मन्त्री भएपनि विचार, व्यवहार र भावना परिवर्तन नभएका नेता हुन ।

उनी निर्वाचित क्षेत्रका कुन गाउँ कुन वस्तीमा उनी मार्फत सडक, बिजुली, स्वास्थ्य, शिक्षा, सिँचाइ, मठ मन्दिर, मस्जिद, इदगाह, कला संस्कृति संरक्षण लगायतका क्षेत्रमा बजेट गएको छैन, काम भएको छैन वा भनौँ समग्र परिवर्तन देखिएको छैन, त्यो भन्न सक्दैन ।

हो दशकौँ देखि थाला परेको मधेस ५ वर्षमै कायापलट गर्न सकिदैन, यो स्वाभाविक हो । यद्यपि विकासले जुन गति समातेको छ त्यसको निरन्तरता अपरिहार्य छ। त्यसैले सप्तरी निर्वाचन क्षेत्र २ (क) मा एक पटक पुनः शैलेन्द्र चाहियो भने आम जनताको चाहना पनि देखिन्छ ।