
जनकपुरधाम । मिटर ब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहूप्रति कारबाहीको माग राख्दै काठमाडौं क्षेत्र नम्बर -७ का स्वतन्त्र उम्मेदवार केसी किरण केसी पनि मिटर ब्याज पीडितहरुसंगै आन्दोलनमा छन्।
स्थानीयहरूलाई मिटर ब्याजमा पैसा लिएर ऋण दिएबापत रुपैयाँसम्म लिएको भन्दै माइतीघरमा कारबाहीको माग राख्दै स्थानीयहरूले आन्दोलन शुरु गरेका हुन्।


पीडितले भने हामीले जग्गा बेचेरसमेत पैसा दिन नसकेकाले न्यायको लागि काठमाडौंमा आएको छौँ।’
आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले मिटर ब्याज लिन पाइँदैन, जनता मार्न पाइँदैन, मिटर ब्याज लिनेहरू खबदार, मिटर ब्याज लिनेलाई कारबाही गर्, मिटर ब्याज लिएर जनतालाई सुकुम्वासी र भूमिहीन बनाउन पाइँदैनजस्ता नारा लेखेका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।
केसीले भने बल्खु चोक निर उहाँहरु संगै आफ्नो एकताबद्ध जनाउदै सोझा सिदा जनता पाएर मिटर ब्याजीको नाममा लाखौं धुत्ने पक्षको छिटो भन्दा छिटो खोजी गरी कारबाही होस साथै राज्यले अनुचित ब्याज लिनेको ऋण तिर्नु नपर्ने घोषणा तत्काल गरोस र पीडितको पक्षमा आफ्नो सफाइ समेत पेश गरोस ।
यस्ता छन मागहरू ।