जनकपुरधाम ।  लोकतान्त्रिक विद्यार्थी संघले आफ्नो विधान तयार पार्नका लागि ५ सदस्यीय समिति गठन गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को विद्यार्थी संगठनले आफ्नो विधान तयार पार्नका लागि समिति गठन गरेको हो ।

विधान तयार पार्नकालागि गठन गरिएको सो समितिमा लोसपाका केन्द्रिय विद्यार्थी नेता रंजित झा, सुजन यादव, उज्वल झा, मधेश प्रदेश अध्यक्ष मिथिलेश यादव र वाग्मति प्रदेश अध्यक्ष रामप्रसाद ढकाल रहेको लोसपाको विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रिय अध्यक्ष रोशनकुमार मिश्रले जानकारी दिए । मिश्रका अनुसार समितिलाई असोज महिना भित्र विधान तयार पार्नु पर्नेछ ।

यसका साथै विद्यार्थी संगठन समायोजनका लागि आबद्ध विभिन्न राजनीतिक दलका विद्यार्थी नेताहरुको नाम संकलन गरेर एक हप्ता भित्र केन्द्रिय कार्यालयमा पेश गर्नुपर्ने उनले बताए ।

समायोजन बैठक बसेर लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रिय पदाधिकारीको चयन गरिने मिश्रले बताए ।