जनकपुरधाम । सुरेन्द्र यादवलाई नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनको केन्द्रीय सदस्य तथा मधेश प्रदेशको संयोजकको जिम्मेवारी पाएका छन् ।

जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य एवम् मधेश प्रदेश कोषाध्यक्ष भइ काम गरिसकेका यादवलाई नेसपाले समाजवादी विद्यार्थी युनियनको प्रदेश समितिको संयोजकमा मनोनयन गरेको छ ।

युनियनको धनुषा जिल्ला अध्यक्ष समेत भइ काम गरेका यादवलाई नेपाल समाजवादी पार्टीको आङगिक संगठन “समाजवादी विद्यार्थी युनियन“ मधेश प्रदेश समितिको संयोजकको पद दिएको छ।

संगठनमा कृयाशील रहँदासम्म संगठन केन्द्रीय समितिको मातहतमा रही कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने विश्वाससहित यादवलाई तत्काल मधेश प्रदेश समितिको पुनर्गठन गर्नका लागि यो जिम्मेवारी दिइएको अध्यक्ष नेत्र प्रसाद चापागाईले बताए ।