
जनकपुरधाम। मधेस टप:
कपिलवस्तु क्षेत्र नम्बर-२ बाट इ.अब्दुल साह ले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै साहले हालको राजनीतिक व्यवस्थामा चुनौतीको चाङ रहेको बताए। उनले आफूमा नयाँ व्यवस्थाबारेको भिजन, मिसन र एक्सन रहेको बताए।कृषि , शिक्षा आधुनिकीकरण,वातावरण संरक्षण र स्वदेशमै रोजगारी व्यवस्था मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा उनले गरेका हुन्।


यसै क्षेत्रको यशोधरा गाउँपालिका -४ का स्थानीय बासिन्दा समेत रहेका उनी तार्किक, बौद्धिक तथा स्पष्ट वक्ता मानिन्छन्। उन्ले ईन्जिनियरिङमा स्नातकोत्तर सकेका उनी समाजसेवी तथा शिक्षाप्रेमीका रुपमा पनि चिनिन्छन्। साथै उनी यशोधरा गाउँपालिकाको कार्यालयमा ४ वर्ष देखि करार कर्मचारीको रुपमा निरन्तर शेवा दिदै आएका छन।
संसद लगायत प्रदेशको नीति निर्माण तहमा प्रभावकारी तरिकाले काम गर्नसक्ने युवाको खडेरी रहेको अवस्थामा आफ्नो उम्मेदवारीले वर्तमान संसदीय व्यवस्था भित्रका विकृतीका बारेमा विरोध गर्ने बताए।
चुनावमा अन्य राजनीतिक दलहरुबीच कसलाई उम्मेदवार बनाउने बहस भइरहँदा उनको यस्तो घोषणाले शुभचिन्तक पनि आश्चार्यमा परेका छन्। उनले आफनो उम्मेदवारी राजनीतिकभन्दा पनि विकासका लागि भएको बताउँदै आएका छन्।
‘व्यवस्था फेरिए, व्यक्ति फेरिए तर जनताको अवस्था फेरिएको छैन,’ त्यसैले मैले उम्मेदवारीको घोषणा गरे साहले बताए। “यसपाली युवाकै सरकार”