जनकपुरधाम । मधेश प्रदेशस्थित धनुषा जिल्लाको लक्षमिनियाँ गाउँपालिका ७ स्थित प्रहरीको रोहबरमा लवन्डा नाच नचाइएको छ ।

लक्षमिनियाँ बजारमा नचाएको भिडियोहरु सार्वजनिक भएको छ । बजार क्षेत्र भित्र दुर्गा पुजा मेलाको आयोजना गरिदै आएको लवन्डा नाच जनप्रतिनिधिहरु र मन्दिरका समितिले पैसा लगाएका छन् ।

अश्लिल गीतहरुमाथी जनप्रतिनिधिहरु नाच्दै गरेको देखिएको छ । लक्षमिनियाँ प्रहरी चौकीका प्रहरी आफै मुखदर्शक बनेर देखिदै गरेको छ स्थानीय बताउछँन । ।

प्रहरीले हुने अश्लिल यस्तो नाचलाई नियन्त्रण भन्दा पनि नचाउनको लागि आफैँ उपस्थित भएर हेर्न थालेपछि प्रहरीमाथिको विश्वास समेत गुमेको पाइएको छ ।

नाचमा चलाएको अति अश्लिल मानिएको मारलेबा अइसन सैया रे पटना से त चलता दबैया रे, र टन्गरी पसार भन्ने बोलको गीतमा जनप्रतिनिधिहरुको कानमा जरुरे गएको छ ?

सार्वजनिक जनप्रतिनिधि को यो रवैया हेरेर जनता आजिज भएको छ । सरकार को निर्देशन र सामाजिक इज्जतको ख्याल पनि नगर्ने कस्तो राजनीति उन्माद हो यो ? जनता ले प्रश्न गर्न थालेछ्न।