काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग कुनै पनि सहमति नभएको बताएका छन् ।

उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी भएको स्वीकार गर्दै अझै पनि गठबन्धनमै सहमतिको प्रयास भएको बताए ।

“राजनीति सम्भावनाको खेल हो,” उनले भने, “कसैसँग सहमति हुनै नहुने भन्नै छैन तर अहिलेसम्म सहमति भइसकेको छैन ।”

यादवले बाह्रखरीसँग कुरा गर्दै भने, “ओलीसँग भेट भएको हो तर विषय टुंगिसकेको भन्ने होइन । राजनीतिमा सम्भावना जे पनि हुन्छ ।”