जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का धनुषा जिल्ला उपाध्यक्ष अम्बु प्रसाद साहले प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनी शनिवार आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनको उम्मेदवारी घोषणा संगै जनकपुरधाम उद्योग वाणिज्य संघले पनि निणर्य गरेर समर्थन जनाएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका अम्बु गत स्थानीय तहको निर्वाचनमा मेयरका लागि  दाबी गरेका  थिए ।

युवाहरुमाझ लोकप्रिय रहेका अम्बु राजनीतिक रुपमा पनि सक्रिय भए पनि उनी आपूmमाथि राजनीतिक शोषण भएको युवालाई सक्रिय राजनीतिमा आउन बन्देज गरिएको कारण आपूmले स्वतन्त्र रुपमा उम्मेदवार बनेको बताएका छन् ।

उनी आइतवार आफ्नो मनोनयन दर्ता गराउने र आगामी मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनमा विजयी हुने दाबी गरेका छन् ।