काठमाडौं । टाइम्स ब्रोडकास्टिङ नेपालको ‘प्राइम टिभी एच डी’को कार्यकारी निर्देशकमा नायिका एलिजा गौतम नियुक्त भएकी छन् । चर्चित पत्रकार धमालाले श्रीमती एलिजालाई सरप्राइज दिएका छन् ।

अभिनेत्री गौतमले सोमबारदेखि निर्देशकको पदभार ग्रहण गरेको टेलिभिजन प्रसाशनले जनाएको छ । टिभीका महाप्रवन्धक गणेश थापाले नवनियुक्त निर्देशक गौतमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

पदभार ग्रहण गर्दै एलिजा फाउण्डेशनकी अध्यक्षसमेत रहेकी गौतमले आगामी दिनमा अझै उत्कृष्ट टेलिभिजन बनाउने प्रतिवद्धता व्यक्त गरिन् ।