जकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ ‘ख’ मा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट प्रदेश सभाका उम्मेदवार असगर अलीले आफ्नो उम्मेदवारी मधेशी जनताको अधिकार र पहिचान स्थापितका साथै समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चितताका निम्ति रहेको बताएका छन ।

घर दैलो कार्यक्रमको क्रममा संचारकर्मीसँग आफ्नो प्रतिक्रिया दिदैं विगतमा कथित मधेशी दलहरुलाई जनताले जिताएर सरकार बनाउनसम्म पुर्यायो । तर ती दलबाट जितेका नेताहरु मन्त्री र सांसद पदमा जाँदा काम गर्नुभन्दा भ्रष्टाचारलाई बढावा दिएको छ ।

मधेश आन्दोलनको जगमा बनेको ती दलका मन्त्रीहरु जनताको भावना अनुकुल अधिकार र पहिचान स्थापित तथा समानुपातिक समावेशी प्रतिनिधित्वमा केही काम नगरी भ्रष्टाचारलाई मलजल दिदै कार्यकर्ता पाल्ने काम मात्र गरेका छन् ।

अब मधेशी जनताको अधिकार र पहिचान स्थापित गर्ने तराई मधेश लोकतान्त्रिक पार्टीले मात्रै सम्भव हुने भएकोले जनताको भावना अनुरुप आफूले सो पार्टीबाट धनुषा क्षेत्र ३ ‘ख’ बाट उम्मेदवारी दिएको छु र पुरा पनि गर्नेछु ।

अलीले भने आफू जितेपछि शिक्षा र स्वास्थ्यमा रहेका व्यथिति अन्त्य गर्नेछु । यसका साथै धार्मिक र सांस्कृतिक पर्यटनको विकासमा स्तरोन्नति र सुधार ल्याउने पदीय हिसाबले प्रयास गर्नेछु ।

उनले सप्तरीको छिन्नमस्तादेखि जनकपुरधामसहित बाराको गढीमाईसम्मका धार्मिक सांस्कृतिक सँग जोडिएका मठ मन्दिर र मस्जिदको स्तरोन्नति र पर्यटकीय विकासमा जोड दिन संघदेखि प्रदेश र स्थानीय तहमा जोड दिने बताए ।

यसका साथै बेरोजगारी समस्या समाधान र लागू औषधले फैलिंदै गएको विकृति रोक्न आम जनमानसमा सचेतनाका लागि कानून निर्माण गरेर अघि बढने प्रयास गर्नेछु अलीले बताए ।

तमलोपाबाट उम्मेदवार अली तात्कालीन जनकपुर नगरपालिकाका उपमेयर समेत भइसकेका छन् । उनकै कार्यकालमा जनकपुरधाममा रहेको सांघुरो सडकलाई फराकिलो काम पहिलो पटक शुरुवात गरिएको थियो ।