जनकपुरधाम :

आज मिति २०७९/०६/२९ गते शनिबारको दिन मधेश प्रदेश,धनुषाको क्षेत्र नम्बर ४(क) को जसपा,नेपाल पार्टीको लक्ष्मीनिया गाउँपालिका प्रचारप्रसार कार्यालय उद्यघाटन गरिएको छ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर ४  स्थित लक्ष्मीनिया गाउँपालिकामा जसपाको चुनाव प्रचारप्रसार कार्यालय खाेलिएकाे छ ।

सनिवारको कार्यक्रमका बीच धनुषा– ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार महाजन यादव र प्रदेशसभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र यादवले संयुक्त रुपमा साे कार्यालयको उद्घाटन गरेका हुन् ।

हाल प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन मुखमा आएकोले पार्टीले निमित्त जनता संग सम्पर्क राखन कार्यालय खोलेका छन।

जसपाको लक्ष्मीनियाँ गाउँपालिका भरीका पार्टी कार्यकर्ता,जनसेवक,समाजप्रेमी तथा पार्टीमा निष्ठा राख्ने हरुको उपस्तिथिले कार्यक्रम भव्यरुपले सप्पन्न भयो।

उक्त कार्यक्रम गणेश यादवको अध्यक्षतामा र प्रमुख अतिथि जसपाका प्रतिनिधि सभाका उम्मेदवार महाजन यादव साथै प्रदेश सभाका उम्मेदवार ज्ञानेन्द्र कुमार यादव, केन्द्रिय सदस्य बलराम महतो, दलित महासंघका संयोजक चमेलि देवी दास,राम गोबिन्द यादव,शत्रुधन यादव, ल.गा.पा वडा न.३ का वडा अध्यक्ष तेज कुमार यादव (हिरा) लगायत पार्टीका कार्यकर्ता सहित जनमास को उपस्थितिमा भएको थियोे।