जनकपुरधाम । एकीकृत शक्ति नेपाल महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एल्सा झाले यही मंसिर ४ गते हुने प्रतिनिधिसाभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जनताले आफूलाई बहुमत दिएर विजयी गराउने दाबी गरेकी छन् ।
आफू यस निर्वाचनमा संघीय सांसदमा निर्वाचित हुँदा आफ्नो क्षेत्रमा थुप्रै विकास निर्माण लगायत सामाजिक कार्य गर्ने वाचा गरेका छन्।आम मतदाताले आफूलाई सेवा गर्ने मौका दिने एवम् विजयी गराउने झाले बताए ।
क्षेत्र नं ३ अन्तर्गत पर्ने पिपरा गाउँपालिका ७ बनोलीमा भएको घरदैलौ कार्यक्रममा उम्मेदवार झाले आफूले चाहना अनुकूलको विकास निर्माणको काम गर्नुको साथै जनताको हरेक सुख दुखमा पनि निरन्तर साथ दिने प्रतिबद्धता जनाए।
पैसाको बलमा चुनाव जित्न खोज्ने व्यापारीलाई आउँदो चुनावमा जनताले आफनो अमूल्य मतबाट राम्ररी सवक सिकाउनुपर्ने उनले धारणा राखे । व्यापारी कहिल्यै जनताको हितमा काम गर्न नसक्ने भएको हुँदा आफू जस्ता जनताको सेवकलाई त्रिशूल छाप मा मतदान गरी जिताउन उनले सबैलाई आग्रह गरे ।
Discussion about this post