
महाेत्तरी । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सरगर्मी बढेको छ । धेरै निर्वाचन क्षेत्र रहेको भएकाले ठूला राजनीतिक दलहरूको केन्द्रबिन्दु बनेको मधेश प्रदेशका महाेत्तरी क्षेत्र ३ काे चुनावी माहोल झनै तातेको देखिएको छ ।
विभिन्न पार्टी तथा स्वतन्त्र रूपमा उम्मेदवारी दिएर अहिले सबै उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त छन। मलाई क्षेत्रको जनता माथि विश्वास रहेकाे र उनले यस पल्ट सही सुयोग्य उम्मेदवार छान्ने विश्वास रहेको एकिकृत शक्ति नेपाल बाट उम्मेदवारी दिएका एल्सा झा जी ले बताइन ।


चुनावी अंक गणित नियाल्दा एकीकृत शक्ति नेपाल बाट महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका एल्सा झा को प्रतिस्पर्धा पनि चासोको विषय बनेको छ ।
‘म राजनीतिमा आउनु र मैले उम्मेदवारी दिनुमा एउटा मात्र स्वार्थ छ, त्यो हो जनताको भविष्य बारे सोच्ने मेरो पहिलो प्राथमिकता जनताको शिक्षा स्वास्थ्य रहने छ साथै विभिन्न अजेण्डा र राम्रो भिजन रहेको तथा जनता पनि आफ्नो साथमा रहेको उनी विश्वस्त छन् ।
विश्वकै राजनीतिको सवालमा व्यक्तिले चुनाव जितेको एवम् जनता अब जागरुक भएकाले अव मत रक्सी र मासुकाे आडमा वा पैसामा किन्छु र चुनाव जित्छु भने सोच मा रहेका उमेदवारले सोच्नु पनि मुर्खता भएको उनी बताइन ।