जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्वर ३ ख का प्रदेशसभा  सदस्य पदका स्वतन्त्र  उम्मेदवार  अम्भु प्रसाद साहले चुनावी घरदैलाे कार्यक्रमलाई तीव्र बनाएका छन् । उनले शुक्रवार निर्वाचन क्षेत्रको जनकपुरधाम उपमहानगरपालिका २४  बसहीयामा घरदौलो कार्यक्रम सम्पन्न गरेका छन् ।

घरदौलोको क्रममा उनले मधेशीहरुको मूल समस्या समाधान गराउनका लागि उम्मेदवारी दिए प्रष्ट पारे ।  साहले आफूले विगतदेखि समाजमा रहदै आइरहेकोले हुँदा आगामी दिनमा मधेशका मुद्दाहरुलाई स्थापित गराउनका लागि प्रतिवद्ध रहेको बताए ।

मधेश प्रति वक्रदृष्टि राखेकाहरुले मधेशलाई आफ्नो रैथाने बुझ्नेहरुको मानसिकता अहिले पनि परिवर्तन नभएको भन्दै उनले आगामी दिनमा मधेशका मुद्दाहरु स्थापित हुँदै जाने र भएपछि आफूहरुको जित हुने उनले बताए ।