जनकपुरधाम । आउँदो मंगलवारदेखि नेपाल बैंक अगाडि उद्योगीहरु धर्नामा बस्ने जनाइएको छ । जनता सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभामा सो कुराको जानकारी दिइएको हो ।

संस्थाका अध्यक्ष रामचन्द्र पंजियारको अध्यक्षतामा भएको सो कार्यक्रमका वक्ताहरुले सहकारीको विकास भएमा मात्र सामाजिक विकास सम्भव रहेको बताए ।

उनीहरुले सहकारीमा अधिकांश महिलाहरु जुटेकी छन्,महिला लक्ष्मी हुन्छिन्, महिला समृद्ध भएमा र महिला अगाडि आएमा सामाज स्वतः समृद्ध र विकासको पथमा अगाडि बढ्ने धारणा राखे ।

वक्तहरुले हरेक क्षेत्रमा महिलाको नेतृत्व हुनुपर्छ,महिला नेतृत्वका लागि महिलाहरुलाई नै अगाडि बढ्नुपर्छ, त्यसका लागि संघर्ष आवश्यक भएको विचार व्यक्त गरे ।

कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र कुमार महासेठले सरकारले ल्याउन लागेको बैंक नीति उद्योगी व्यापारीको हितमा नरहेको भन्दै त्यसको उद्योगीहरु विरोध गर्ने बताए ।

बैंकको नीतिले अधिकांश उद्योगीहरु पलायन हुने अवस्थामा छ,उद्योगीहरुको उद्योग बैंक ऋणमा नै निर्भर हुन्छ, तर सरकारको बैंक नीतिमा उद्योगीहरुसँग १८ प्रतिशत ब्याज लिने प्रावधान रहेकोले यस्तो अवस्थामा व्यापारीहरु पलायन हुने अवस्थामा स्वतः पुग्ने उनले चिन्ता व्यक्त गरे।

उनले भने, ‘आउँदो मंगलवारदेखि नेपाल बैंक अगाडि उद्योगीहरु धर्नामा बस्ने छ,पहिलो चरणमा व्यापारीहरु प्रदेश र संघ सरकारलाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराइसकेको तर अहिलेसम्म सरकारले गम्भीरता देखाएको छैन ।’

उनले नेपाल रेल्वे कम्पनी सरकारकै केही त्रुटिको कारण घाटामा रहेको र सरकारले यसप्रति गम्भीर नभएमा रेल कुन बखत बन्द हुन्छ भन्न नसकने अवस्थामा रहेकोले भन्दै सरकारले गम्भीरता देखाउनुपर्ने बताए।

सभामा संस्थाको चालु आ.व.२०७८/०७९ मा संस्थाको कुल शेयर पूँजी रु.२५ लाख ४९ हजार नौ सय, आ.ब.२०७९/०८० को बचत रकम फिर्ता गर्न रु.२ करोड ५ लाख ३३ हजार ८६३ रु.पैसा साथै गत अनि यस वर्षमा बचत फिर्ता बाँकी रकम रु ३ करोड २९ लाख ३९ हजार ४४० रहेको छ । ऋण साँवा असुल गर्न बाँकी रहेको रु २ करोड ९० लाख ५३ हजार ९३ रकम ४८ पैसा रहेको छ ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोग धनुषाका प्रवक्ता रामगोविन्द यादव , समाजसेवी कविर बाल आश्रम जनकपुरधामका संचालक कविर आलोक बाबा,वीर नारायण मल्लिक,राष्ट्रिय सहकारी बैंक धनुषाका प्रबन्धक विष्णु पराजुली, नेपाल उद्योग वाणिज्य महासंघ जनकपुरका कोषाध्यक्ष परमेश्वर साहलगायतका वक्ताहरुले आ-आफ्नो धारणा राखेका थिए । संस्थामा महिला ४४० र पुरुष ३८० जना गरी ८२० जना शेयर सदस्य रहेका छन् ।

त्यस्तै,वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम पनि गरिएको थियो ।जसमा २५ जनाले रक्तदान गरेका थिए ।