जनकपुरधाम । बलिउड अभिनेत्री आलिया भट्ट आमा बनेकी छन् ।

रणवीर कपुर र आलिया भट्टको घरमा छोरीलाई जन्म दिएकी छन ।

भारतीय सञ्चारमाध्यमका अनुसार आलिया भट्टको सी-सेक्शन डेलिभरी भएको छ । तर, यसबारेमा आधिकारिक जानकारी भने आइसकेको छैन ।

मिडियाका अनुसार आइतबार बिहान ७.३० बजे रणवीर कपुर पत्नी आलिया भट्टसँग मुम्बईको एचएन रिलायन्स अस्पताल पुगेका थिए ।

यो त्यही अस्पताल हो जहाँ रणवीरका पिता ऋषि कपुरले अन्तिम सास फेरेका थिए ।

आमा आलिया र छोरी दुबै स्वास्थ्य रहेको बताइएको छ । आलिया र रणवीरले पाँच वर्ष एकअर्कालाई डेट गरेका थिए ।

यो जोडीले सन् २०२२ को अप्रिलमा यो सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।