जनकपुरधाम । मंसिर ४ गते हुन लागेको प्रतिनीधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनको वर्तमान माहोल तातिएको छ ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महेन्द्र यादवको प्यानलको आफ्नो पक्ष अहिले भारी देखिन थालेको छ ।
नेकपा (एकीकृत समाजवादी) पार्टीसँग गठबन्धन गरी धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा जारी राखेको घरदैलो कार्यक्रममा यादवको माहोलको प्यानल भारी देखिएका छन् ।

प्रतिनीधिसभा सदस्यमा उम्मेदवारी दिएका यादवलाई क्षेत्र ४ को (क) बाट शेषनारायण यादव र (ख) बाट सत्रुधन प्रसाद महतोले सघाउने भएको छ ।

सो क्षेत्रमा पार्टीभन्दा पनि महतोको व्यक्तिगत बढी मतदाता रहेको छ । जसपा छोडेर नेपाली कांग्रेस प्रवेश गरेका यादवको पनि पक्षधर उतिकै भारी देखिएपछि महेन्द्रको प्यानल भारी बनेको छ ।

नेपाली कांग्रेस र नेकपा समाजवादीबीचको गठबन्धनले दुबै दलका उम्मेदवारलाई प्रत्यक्ष फाइदा हुने प्रतिनिधिसभा सदस्यका उम्मेदवार यादवले बताए ।

सो क्षेत्रबाट महतो सधैँ निर्वाचित हुँदै आएको उम्मेदवार हुन भने शेषनारायण यादवको आफ्नो व्यक्तिगत पक्कड रहेको यादवले दाबी गरेका छन्।