जनकपुरधाम । जनकचोकभन्दा उत्तरतर्फ अवस्थित करोडौं मूल्य बराबरको २ कट्ठा ५ धुर ३ कनमा जग्गाको किर्ते लालपुर्जा बनाएको आरोप लागेका प्रकाशजंंग राणालाई पक्राउ गर्न प्रहरीले अनाकानी गरिरहेका छन् ।

जग्गाधनी देशपालसिंह हमालले सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिए पनि प्रहरी उनलाई नियन्त्रणमा लिन चाहेका छैनन् ।

उनी जनकपुरधामको विभिन्न चोकहरु खुल्लम खुल्ला चिया पसलमा चिया खाएको तथा गफ गरी रहेको सर्वसाधारणले हेरे पनि उनलाई नियन्त्रणमा लिन प्रहरीले तादरुकता नदेखाएपछि अपराधिक गतिविधिमा संलग्न हुनेहरुको मनोवल दिनप्रतिदिन बढ्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा भदौ ३१ गते दर्ता भएको सरकारी कागज किर्ते र ठगीसम्बन्धी उजुरी परेको थियो । ‘मेरी आमाको नाममा रहेको १७० नम्बर कित्ताको जग्गा प्रकाशजङ्ग राणाले आफ्नो नाममा दर्ता गराई गुठी संस्थानमा उक्त जग्गाको मालपोत पनि आफ्नै नामबाट कटाएको देखिन्छ‚’ जाहेरवाला हमालले भने । तर‚ मालपोत कार्यालयको प्लटबुकमा भने जग्गाधनी महलमा अझै पनि गीता रानी राणाकै नाम उल्लेख रहेको छ ।

‘प्लटबूकमा मेरी आमाको नाम हुनु अनि गुठी संस्थानमा नक्कली लालपुर्जाको आधारमा मालपोत तिरेको रसिद काट्नु सरकारी कागज नक्कल गर्नुभएन ? ’ हमालले भने ।

जनकचोकको ठिक दक्षिणमा अवस्थित उक्त जग्गाको न्यूनतम मूल्य प्रतिधुर ४० देखि ५० लाख रुपैयाँसम्म पर्छ । यसरी करिब २३ करोड रुपैयाँ बराबरको ४५ धुर ३ कनमा जग्गा किर्ते कागजको आधारमा आफ्नो नाममा दर्ता गराएको आरोप देशपालसिंह हमालको छ ।

 

जिल्ला प्रहरी कार्यालयमा उजुरी परेयता राणा भने केही दिन सम्पर्कविहीन भएका थिए तर प्रहरी प्रशासनकै मिलिमतोमा अहिले खुलेआम घुमफिर गर्नुका साथै मुद्दा समेत कमजोर पार्ने चलखेलमा दिन रात लागेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले नापी र मालपोत कार्यालयवाट आवश्यक कागजात आएपछि मुद्दा अगाडि बढ्ने बताउँदै मुद्दालाई कमजोर पार्ने चलखेलमा लागेका छन् ।

जवकी मालपोत र नापी कार्यालयले सम्वन्धीत सवै जवाफ जिल्ला प्रहरी कार्यालयलाई दिइ सकेको छ ।

राणाले शिवशंकर प्रसाद साह नाम गरेको व्यक्तिवबाट ७ धुर ३ कनमा र रामसती शर्मा संग ७ धुर जग्गा बेचेको पाइएको छ । कीर्ते लालपूर्जा बनाई बेचेका जग्गा यि दुबै जनाको नाममा रहेको छ । यस सम्बन्धमा प्रतिक्रिया लिन राणालाई पटकपटक सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।