जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं ४ प्रतिनिधिसभामा २०७४ कै प्रतिस्पर्धी उम्मेदवार पुनः चुनावी मैदानमा उत्रिएका छन् । भने सत्ता गठबन्धन कांग्रेसबाट महेन्द्र यादव बलियो देखिएका छन् ।

त्यस्तै, नेकपा (एमाले)बाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा)बाट महाजन यादवबीच नै यस पटक पनि त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । भने यस सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग नै गर्ने तर्क बताउँछन् ।

हुनः त यस क्षेत्रमा जनमत पार्टीका किसुन यादव, राप्रपाका अनिरुद्ध यादव, स्वतन्त्रबाट विजय यादव,हास्य कलाकार कृष्णकुमार महतोसहित ३१ उम्मेदवार चुनावी मदौनमा छन् । तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस, एमाले उम्मेदवारबीच नै हुने देखिएको छ ।

Advertisement

यसअघि धनुषा निर्वाचन क्षेत्र नं ४ बाट तीन पटक निर्वाचित भएका नेकपा एमालेका सचिव रघुवीर महासेठ अहिले राम्रो अवस्थामा छैनन् । एमाले र जसपाबीच गठबन्धन भए पनि दुबै दलको आ-आफ्नै उम्मेदवार छन् भने यता सत्ता गठबन्धनको एकल उम्मेदवार उठाएको छ भने बलियो देखिएको छ स्थानीय रमेश चौधरी बताउँछन ।

विसं २०७४ को निर्वाचनमा पनि तीन उम्मेदवारबीच चर्को प्रतिस्पर्धा रहेको थियो । तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार महासेठ २२ हजार ५३२ मतका साथ विजयी हुँदा कांग्रेसका महेन्द्रले १९ हजार ९९१ र मधेसी गठबन्धनका उम्मेदवार महाजनले १९ हजार ६६२ मत प्राप्त गरेका थिए ।

महासेठ र महाजन दुबैले अघिल्लो चुनावका सहयात्री गुमाइसेका छन् । त्यो बेला रघुवीरको साथमा रहेको माओवादी र महाजनको साथमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (तत्कालीन राजपा) दुवै यो पटक कांग्रेसका उम्मेदवार महेन्द्रको पक्षमा छन् । एमालेबाट फुटेको एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमै छ ।

त्यसैगरी, एमाले र जसपाबीच चुनावी गठबन्धन भए पनि दुवैको आ-आफ्नै उम्मेदवार भएपछि सत्ता गठबन्धनलाई सहयोग तथा फाइदा पुग्ने अवस्था देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

एमालेले (क) मा कांग्रेस परित्याग गरी आएका सन्तोष यादव र (ख) मा र मेयरमा टिकट बाट बन्चित गरेका मिथिला नगरपालिकाका पूर्वमेयर पार्टीले पुनः हरिनारायण महतोलाई उम्मेदवार बनाएको छ । जसपाले (क) मा प्रदेश सरकारका पूर्वमन्त्री ज्ञानेन्द्र यादव र (ख) मा चन्देश्वर महतोलाई उठाएको छ । एमाले र जसपाका सहमति अनुसार धनुषा-४ को प्रतिनिधिसभासँगै प्रदेशसभा (क) एमालेले लिने र (ख) जसपाले लिने उल्लेख छ । अर्कातर्फ नेकपा एकीकृत समाजवादीका धनुषा उपाध्यक्ष सोमप्रसाद शर्मालाई धनुषा (ख) बाट टिकट दिनेगरी एमाले प्रवेश गराइएकोमा टिकट भने दिइएको छैन ।

 

सत्ता गठबन्धन प्यानलसहित एकातिर छ । सत्ता गठबन्धनबाट प्रदेश सभा (क) मा भर्खर जसपा छाडेर आएका शेषनारायण यादव र (ख)मा एकीकृत समाजवादीका सत्रुघन महतो उम्मेदवार छन् । वन उद्यागेग पर्यटन प्रदेश मन्त्री समेत रहेका सत्रुधन यस क्षेत्रका प्रत्यक्ष निर्वाचित वर्तमान प्रदेश सांसद हुनुहुन्छ ।

त्यसैगरी चुनावको मुखमा केही स्थानीय प्रभावशाली नेताले गरेको पार्टी फेरबदलले पनि असर पार्ने सम्भावना प्रबल छ । जसपाले टिकट नदिएपछि विद्रोह गरेर कांग्रेसबाट प्रदेश सभा (क) मा उम्मेदवारी दर्ता गराएका शेषनारायण यादवका कारण जसपालाई क्षति र कांग्रेसलाई फाइदा पुग्नसक्ने विश्लेषण भइरहेको छ । उता कांग्रेसका सन्तोष यादव एमालेमा प्रवेश गरेको क्षति कांग्रेसलाई पनि पुग्न सक्ने अर्को अनुमान छ ।

यसका साथै ३० वैशाखमा भएको स्थानीय निर्वाचनको मत परिणाम हेर्दा पनि सत्ता गठबन्धन दलका उम्मेदवारको अवस्था बलियो देखिएको छ । धनुषा क्षेत्र नं ४ अन्तर्गत पर्ने पाँच वटा पालिकामध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिका कांग्रेसले जितेको छ । यसले क्षीरेश्वरनाथ नरपालिकाका बहुंख्यक वडा पनि जितेको छ । एमालेले क्षीनपा र मिनपाको उपमेयरसहित बहुमत वडा जितेको छ । यस क्षेत्रमा मिथिला नगरपालिकाको वडा नं ४, क्षीरेश्वरको वडा नं ८ र ९, मिथिला विहारी नगरपालिकाको १, ३, ४ र ५ वडा पर्दैन । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं ९, १३, १४, १९, २१ र २२ गरी पाँच वटा भने यसै क्षेत्रमा पर्दछ ।

यो क्षेत्रमा पर्ने पार्टीका वडाध्यक्षहरूले पाएको मतको आधारमा कांग्रेस पहिलो र एमाले दोस्रोमा छन् । तेस्रोमा जसपा र चौथोमा एकीकृत समाजवादी रहेका छन् । सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार महेन्द्र यादवले स्थानीय तहमा कांग्रेसको पहिलो मत र त्यसमाथि गठबन्धन दलको साथलाई आफू जित्ने बलियो आधार रहेको बताउछन् ।

महेन्द्रले गत चुनाव आफू झिनो मतले पराजित भएको सहानुभूतिका कारण आफूले निर्वाचन जित्ने दाबी गर्दैछन् ।
उनले यस बीचको ५ वर्षमा आफू सबै जनताबीच पुगेको र धेरै कामहरू गरेको हुनाले आफ्नो लोकप्रियता जनतामा बढी रहेको तर्क छ ।

उता महासेठले पनि आफू मन्त्री हुँदा यस क्षेत्रमा काम नै न लाग्ने खालको सडक कालोपत्र गरेको र खोलाहरूमा पुल निर्माणको काममा करोडौ भ्रस्टाचार गरेकोमा यहाँका नागरिकले महासेठलाई पुनः नजिताउने दाबी गर्छन । यता जसपाका उम्मेदवार महाजन यादवले स्थानीय चुनावी नतिजाले यो चुनावमा असर नगर्ने दाबी गर्दैछन । आफू लामोसमयदेखि जनतासँगै जिल्लामै रहेकाले जनताप्रति आफ्नो विश्वास रहेको उनको दाबी छ ।