जनकपुरधाम । नेपाली कांगे्रसका सह महामन्त्री तथा धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धाबाट उम्मेदवारी दिएका महेन्द्र यादवले आफूलाई राजनीति होइन जनताको सेवा गर्न गर्छु बताएका छन् ।

उम्मेदवार बनेर जनताको सेवा गर्न आफू प्रतिस्पर्धामा उत्रिएको बताएका उनले राजनीतिक नेकपा एमाले तथा अन्य दलबाट जितेका प्रतिनिधिहरुलाई हेरिसकेकाले जनता मारमा परेको आरोप लगाए ।

जनताका शिक्षा, स्वास्थ्यसहित आधारभूत आवश्यकता पूरा गराउन र आफ्नो क्षेत्रको विकास र समृद्धिका लागि आफू उम्मेदवारी दिएको उनको भनाइ छ ।

सामाजिक क्षेत्रमा आफू क्रियाशील भए पनि राजनीतिको क्षेत्रबाट जनतामा गर्नुपर्ने सेवा र उपलब्ध गराउनुपर्ने सुविधाका लागि आफू उम्मेदवार बनेका बताएका उनले यसका लागि आवश्यक कानून निर्माण गर्न जान चाहेकाले मत दिन आमजनतासँग माग गरे ।

राजनीतिक दलका नेताले राजनीतिलाई व्यवसाय बनाउँदा जनता महंगीसहितको मारमा परेको भन्दै उनले जनताको सेवाका लागि आफू राजनीतिमा आएको बताए ।

‘मलाई राजनीतिक गर्न आउँछ, तर जनताको सेवा गर्न र सुविधा उपलब्ध गराउने अबको यात्रामा गर्छु ,’ उनले भने, ‘यसका लागि आवश्यक कानून बनाउन प्रतिनिधिसभामा जान लागेको छु । यसमा जनताको साथ चाहिन्छ । मलाई मत दिनुहुन्छ भन्ने विश्वास लागेको छ ।’

देशभर एकैपटक आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि निर्वाचन हुँदैछ ।