राजविराज । मंसिर ४ को निर्वाचन नजिकै जाँदा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारहरुले एक अर्कोको कमजोरीलाई प्रचार–प्रसारको एजेण्डा बनाउन थालेका छन् ।

सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जयप्रकाश ठाकुरले सोमबार राजविराज नगरपालिका वार्ड नम्बर १ स्थित चनौरामा कार्यकर्तालाई सम्बोधन गर्दै जसपा अध्यक्ष उपेन्द्र यादव सग कुनै एजेण्डा नभएको बताएका छन् ।

सत्ता र कुर्सीको लागि मधेशको सबै एजेण्डा छाडेको बताउँदै उनले केपी ओलीलाई मधेशमा निषेध गरेर मलेठ घट्नामा ५ जनालाई शहिद बनाउने यादव अहिले एमाले संग गठबन्धन गर्नुले मधेशी जनताको अपमान गरेको बताए ।

‘मलेठ घट्ना गराउने र गर्ने दुवै अहिले एकै ठाउँमा छन्, जनतालाई ठगेर चुनाव जित्न विभिन्न झुठा अश्वासन र प्रतिवद्धता गरिरहेको छ तर, यसपाली जनताले उपेन्द्र यादवलाई जवाफ दिने छन्’ ठाकुरले भने,‘मधेशी जनतालाई शहिद बनाएर ठग्दै आएको पार्टी र उम्मेदवारलाई सप्तरीका जनताले चिनिसकेको छ । अव ढाठ्न सकिन्न ।’ उनले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्दै पुरानो नेतालाई बिर्सेर मतदाताले जनताको सेवा गर्न आफुलाई अवसर दिने बताएका छन ।

राजधानीमा बसेर सत्ताको खेला सधैं लिप्त रहने जसपा अध्यक्ष यादवले पाँच बर्ष सम्म गरेको काम जनताले हेरिसकेको भन्दै अव नयाँ अनुहारको नेतालाई चुनावमा जिताउनुपर्नेमा उनले जोड दिए ।

‘म यहींको नेता हु, सधै जनताको साथमा रहेर काम गर्नेछु, जतिबेला पनि जनताको समस्या बुझन् तयार रहने छु ।’ कार्यक्रममा नेपाली काँग्रेसका नेता इर्सा अन्सारीले संविधान र लोकतन्त्र मान्ने एमाले–जसपा गठबन्धनले कुनै काम गर्न नसकिने बताए । ‘उपेन्द्र यादव संग कुनै एजेण्डा छैन् ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत देश बनाउन होइन विगार्ने काम गर्न आएको छ’ अन्सारीले भने,‘यिनीहरु सबै ठग पार्टी हुन् जनताले बुझ्नु पर्छ ।’ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार जयप्रका ठाकुर समाजवादी नैता भएकाले यही गठबन्धनलाई भोट दिनुपर्नेमा जोड दिए ।