जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नं. ५ ढल्केवरमा सयौं जनाले नेकपा एमाले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छ्न् ।

एमाले पार्टीका नेतृत्वप्रति असन्तुष्टी जनाउँदै ढल्केवरस्थित मगरटोलका मोहन खप्तरीको नेतृत्वमा सयौं जना एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन ।

एमालेको लालकिल्ला भनेर चिनिने मगरटोलका सयौं जना कांग्रेसमा प्रवेश गरेपछि धनुषामा एमाले कमजोर हुने अनुमान गरिएको छ ।

नवप्रवेशीहरुलाई नेपाली कांग्रेस सह-महामन्त्री तथा धनुषा-४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले दोश्ल्ला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कांग्रेस प्रवेश गरेकाहरुलाई नेकपा एकीकृत समाजवादीका नेता तथा धनुषा-४ ॅख’ प्रदेशसभा सदस्यका उम्मेदवार शत्रुधन महतोले समेत स्वागत गरेका थिए ।

नव प्रवेशीहरुले नेकपाको कार्यशैलीप्रति चरम असन्तुष्टि जनाउँदै नेकपा परित्याग गरेको सामूहिक घोषण गरी कांग्रेसमा प्रवेश गरेका छन् ।

हाल समाजमा मौलाउदै गएको बेथिति, विसङ्गति जनप्रतिनिधिको उन्माद, घमण्ड साथै विकासको नाममा भएको चरम भ्रष्टाचारले सीमा नाघेको हुँदा एमाले परित्याग गरेको उनीहरूले बताएका छन् ।

अब नेपाली कांग्रेसको भूमिका महत्वपूणर् हुने र समाज रूपान्तरणमा कांग्रेसले महत्वपूणर् योगदान दिन सक्ने कुरामा आफूहरू विश्वस्त रहेको नवप्रवेशीहरुले बताए ।