काठमाडौँ। सरकारले भोलि मंगलबार यो स्थानमा सार्बजनिक बिदा छ ।

बैतडीको पञ्चेश्वर गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाले वडा नम्बर ४ आमचौरास्थित कैलपाल धुरामा लाग्ने मेलाका लागि बिदा दिएको हो ।

गाउँपालिकाले सोमबार एक सूचना जारी गरेर आमचौरा स्थित प्रसिद्ध कैलपाल धुरामा लाग्ने मेलाका लागि कार्तिक २९ गते सार्वजनिक बिदा दिएको जनाएको छ ।

भोलि २९ गते गाउँपालिका भित्रका सरकारी तथा गैर सरकारी संघ संस्था , शिक्षण संस्थामा बिदा दिइएको पञ्चेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मनोज जोशीले बताए ।