जनकपुरधाम । धनुषाकाे मिथिला नगरपालिका वडा नं ११ को तुल्सी, लोटा र बाहुनमाराका एमाले नेता कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।
बुधबार पार्टी प्रवेश कार्यक्रममा एमालेका नेता जित बहादुर श्रेष्ठ र ज्ञान बहादुर श्रेष्ठ को नेतृत्वमा कांग्रेसमा प्रवेश गरेका छन् ।
एमालेका सक्रिय ७५ नेता कार्यकर्तालाई मिथिला नगरपालिकाको मेयर महेन्द्र महतोले प्रवेश गराएका छन ।
एमाले पटक पटक मत लिएर यहाँको दलित, विपन्न तथा जनजातिलाई उपेक्षा गरेको भन्दै कांग्रेस प्रवेश गरेको जित बहादुर श्रेष्ठले बताए ।
उनीहरुलाई पार्टीमा प्रवेश गराउंदै मेयर महतोले भने – तुल्सी, लोटहा र बाहुनमाराको विकासको लागि हरघडी तयार छु ।
तपाईंहरुको साथले यहांको विकासमा थप सहयोग मिल्छ । विकास निर्माणमा स्थानीयहरुको सहयोग आवश्यक छ । मथिला नगरपालिकाको विकास अब कसैले रोक्न नसक्ने मेयर महतोले प्रतिबद्वता गरे ।
साथै आगामी निर्वाचनमा समेत कांग्रेस गठबन्धनलाई सहयोग गर्न अपिल गरेका छन् । कांग्रेसकै नेतृत्वमा देश समृद हुने मेयर महतोले जानकारी दिए ।
Discussion about this post