• रुषा थापा

सरकारी कार्यालय ,संघसंस्था तथा वित्तिय संस्थाहरु बिहानको १० बजेदेखि बेलुकाको ५ बजेसम्म खुल्छन् र सार्वजनिक बिदाका दिन बन्द हुन्छन् । तर पछिल्लो समय बजारमा वित्तिय संस्थाबाट ऋण खाने भन्छन्, बैंक वा सहकारीले राती ८ देखि ९ बजे त फोन गर्छ नै तर बिहान ४ नै नबजी पनि गर्छ ।

कानुनमा कार्यालय समयावधिभन्दा अघिपछि मानिसहरुलाई यसरी फोन गर्न पाइदैँन तर के यिनीहरुले यस्तो गर्न मिल्छ । वित्तिय संस्थाहरुले अहिले आफ्नो संस्थाबाट ऋण खाने मानिसलाई धम्काउने वा प्रेसर दिने काम गरिरहेको भनेर ऋणीहरु बताउँछन् । ३५ दिनभित्र संस्थाबाट लिएको कर्जाको साँवाब्याज नै चुक्ता नगरेमा नाम वा फोटो सहित पत्रपत्रिकामा निकाल्ने ,कालोसूचीमा राख्ने र धितो पनि लिलाम गर्ने भन्दै दबाब दिइरहेको भनेर ऋणीहरु बताउँछन् ।

यसरी बैंकहरुले सर्वसाधारणमाथि आतंक मचाइरहेका छन् र २ करोडको धितो १ करोड पैसामै खाइरहेका छन् । यता २ करोडको धितो राख्दा १ करोड ऋण दिने तर त्यसमा पनि २० लाख सेवाशूल्क , घुस र ब्याज गरेर सिधाइदिने अनि ८० लाखमै २ करोडको धितो खाइदियो । यो त सरासर डाकावाला काम भएन र ।

वित्तिय संस्थाहरुले जनतामाथि यसरी दाधागिरी देखाउँदा वा उनीहरुको सम्पत्ति लुट्दा पनि सरकार निरीह भएर बसिरहेको छ ।
वित्तिय संस्थाकै कारण आज करोडौँ जनता सुकुम्बासी हुने अवस्थामा पुगेका छन् र यो सहन नसकेर वा ऋण तिर्न नसकेर कतिले आत्महत्या गर्छन् त कतिले मानसिकता नै गुमाउँछन् । बैंक तथा वित्तिय संस्थाको यस्तो ठगी वा लुटको धन्दाविरुद्ध जनता पनि एकजुट भएर सडकमा आउँदैनन् र सरकार पनि यीनीहरुको दर्ता खारेज गर्दैन ।

बैंकले राष्ट्र बैंकबाट ५ प्रतिशत ब्याजमा कर्जा ल्याउने अनि सर्वसाधारणलाई भने धितो राखेर २० देखि ३६ प्रतिशत ब्याजमा लगानी गर्ने गर्छन् । अहिले बैंक तथा वित्तिय संस्थाबाट घरजग्गा, गाडी, सेयर वा गरगहन धितो राखेर ऋण लिनेहरु वित्तिय संस्थाकै कारण मर्ने कि बाँच्ने अवस्थामा पुगेका छन् ।

त्यसैले अब वित्तिय संस्थाबाट पिडित भएका जनताहरु एकजुट भएर आन्दोलन गर्नुपर्छ वा वित्तिय संस्थाका सञ्चालक, अध्यक्षलाई तानेर सडकमा ल्याउनुपर्छ होइन भने आफ्नो धितो नै माया मार्नुपर्छ र बाटोमा माग्न बस्नुपर्छ ।

वित्तिय संस्थाले हिजो कर्जा प्रवाह गर्ने समयमा ऋण खाने ऋणीको सबै सम्पत्ति नै रोक्का गरिसकेका छन् र अब त्यो सम्पत्ति पनि वित्तिय संस्थाले लिलाम गरेर खाइपछि त्यो ऋणीसँग त सुकुम्बासी हुनुबाहेक अरु केही विकल्प नै हुदैँन । त्यसैले अब वित्तिय संस्थाको ठग र लुटको धन्दाविरुद्ध जनता एकजुट हुनुपर्छ र सञ्चारकर्मीहरुले कलम चलाउनुपर्छ । साथै सरकारले पनि वित्तिय संस्थाका सञ्चालक , अध्यक्षमाथि छानबिन गरी कारबाही गर्नुपर्छ र संस्थाको दर्ता नै खारेज गर्नुपर्छ ।

पहिलापहिला राणाशासन कालमा वा पञ्चायतकालमा धनी वा शोषकहरुले गरिबलाई १ लाख ऋण दिएर १० लाखको तमसुक गराउँथे र त्यो ऋण तिर्न नसकेपछि त्यो गरिबलाई धनीले आफ्नो घरमा दास बनाउँथे । अहिले बैंक तथा वित्तिय संस्थाहरुले पनि त्यँही सिकेका छन् र त्यसरी नै सर्वसाधारणमाथि शोषण गरिरहेका छन् ।

यता घामपानी नभनी काम गर्ने वा दुःख गर्ने तै जनता अनि नाफा खाने तै वित्तिय संस्था । तर अब यीनीहरुको यस्तो लुट वा ठगकोधन्दा बन्द गर्न वित्तिय संस्थाबाट ऋण खाने ऋणीहरु एकजुट भएर देशैभरि आन्दोलनको भारी ल्याउनुपर्छ ।

तर यता वित्तिय संस्थाहरु ऋणीलाई खुलेआम भन्छन्, आन्दोलनले हामीलाई केही असर गर्दैन । त्यस्तै यता आन्दोलन गर्ने उघोग व्यवसायी महासंघ, होटेल व्यवासय ,यातायात व्यवसायी महासंघ, सेयर लगानीकर्ता, ऋणी वा अन्य व्यवसायीहरुले राजनितिक पार्टीको झोला बोकेका छन् र वित्तिय संस्थाको विरुद्ध आन्दोलन गर्नेबित्तिकै माथिबाट कल आइनै हाल्छ ।

तपाईँ आन्दोलन नगर्नुस् , हामी तपार्इँहरुको लागि ब्याज घटाउँछौँ भनेर राजनितक दलले उघोग व्यवसायी महासंघका अध्यक्ष शेखर गोल्छालाई फोन गर्छन् र उघोग व्यवसायी महासंघका अध्यक्ष गोल्छा जनताको मर्का नै नबुझी आन्दोलन नै विस्थापन गरिदिन्छन् । वित्तिय संस्थाबाट ऋण लिनेहरु ऋण तिर्न नसकेर पागल भइरहेका छन् तर उघोग व्यवसायी महांसघका अध्यक्ष गोल्छा भने बल्लतल्ल आफ्नो आवाज लिदैँ सडकमा उत्र्रिएका जनताहरुलाई पनि आन्दोलन गर्नेबाट रोक लगाउँछन् ।

जिल्लाजिल्लाबाट वित्तिय संस्थाको विरोधमा जनता तथा व्यवसायीहरु सडकमा उत्र्रिसकेका थिए र यीनीहरुलाई घेर्ने तथा ताल्चा लगाउने काम गरिसकेका थिए । त्यस्तै प्रदेशप्रदेशमा वित्तिय संस्थाको विरोधमा जनताहरु बाहिर निस्कने क्रम बढिसकेको थियो तर उघोग व्यवसायी महासंघका अध्यक्ष गोल्छाले सरकारको कुरा सुनेर वा वित्तिय संस्थाबाट पैसा खाएर चर्कोको आन्दोलन पनि भङ्ग गरे ।

अहिले व्यवसायीहरु भन्छन्, अध्यक्ष गोल्छाले वित्तिय संस्थाबाट जति ऋण लिएका छन् त्यो ऋणको ब्याज नतिर्ने र साँवा तिर्ने समयाावधि पनि लम्बाएको हुनाले उनले आन्दोलन स्थापित गरेका हुन् ।

त्यस्तै यता कति व्यवसायी भन्छन्, उघोग व्यवसायी महासंघका अध्यक्ष पदबाट अब शेखर गोल्छाले तुरुन्तै राजीनामा दिनुपर्छ, हामी व्यवसायीहरु डुबिसकेका छौँ वा वित्तिय संस्थाको ऋण तिर्न नसकेर सुसाइट गर्नुपर्ने अवस्थामा पुगिसक्यो तर अध्यक्ष गोल्छा भने हाम्रो हितमा काम नगरी आफ्नो फाइदाका लागि काम गर्ने ।

वित्तिय संस्थाबाट ऋण खानेहरुको पछिल्लो समय संस्थाले दिनहुँ जस्तो पत्रपत्रिकामा फोटो निकालिरहेका छन्, कालोसूचीमा राखिरहेका छन् र घरमा चिठी पठाइरहेका छन् । व्यवसायीहरु यस्तो अवस्थामा पुग्दा पनि उघोग व्यवसायी महासंघका अध्यक्ष गोल्छाले व्यवसायीको हितमा नबोलेका ,सडक आन्दोलन नगरेका, धितो लिलाम हुनबाट नरोकेका र वित्तिय संस्थाले बढाएको ब्याज नघटाएकाले व्यवसायीहरु गोल्छामाथि आक्रोशित छन् ।

त्यसैले अब गोल्छाले कि त आन्दोलन चर्काउनुपर्छ होइन भने महासंघको अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ । वित्तिय संस्थाबाट धितो राखेर ऋण खानेहरुलाई अहिले रातमा निन्द्रा कि दिनमा भोक भइरहेको छ । बैंकले धितो रोक्का गरेर पनि मिटरब्याजमा कर्जा लगानी गप्यो त सहकारीले कर्जाको ५० प्रतिशतसम्म ब्याज लियो भन्दै ऋणीहरु गुनासो गर्छन् ।
पछिल्लो समय वित्तिय संस्था वा बैंक तथा सहकारीहरुमा कर्जा माग्न गएमा कतिले त बाहिर नै हामी कर्जा प्रवाह गर्दैनौँ भनेर सूचना टाँसेका हुन्छन् त कतिले सूचना जारी नगरेपनि कर्जा प्रवाह गर्दैनन् ।

त्यस्तै यता कति बैंकले त १ करोडको धितो छ भने ४० लाख ऋण दिने र ४० लाखमा ३ लाख सेवाशूल्क र घुस गरी सिधिँने र ब्याज पनि २० देखि ५० प्रतिशतसम्म लिने गरेको भनेर सुनिन्छ भने कति बैंक, फाइन्स वा सहकारीका सञ्चालक वा अध्यक्षहरुले पहिला सर्वसाधारणलाई कर्जा दिने पैसा छैन भन्ने र आफ्नो पैसा भनी बहाना लगाई संस्थाकै पैसा दिई महिनाको ५ हजारदेखि ३० हजारसम्म १ लाखको ब्याज लिने र त्यसमा पनि पहिलानै ३० हजार ब्याज काट्ने गरेको पनि सुनिन्छ ।

पछिल्लो समय वित्तिय संस्थामा पैसा राख्ने कोही छैन त झिक्नेको भीड लागेको छ भने वित्तिय संस्थाबाट कर्जा खानेले कर्जा नतिर्ने वित्तिकै वित्तिय संस्थानै धरायसी हुने अवस्थामा पुगेको छ । वित्तिय संस्था डुबेपछि वा धरायसी भएपछि अहिले वित्तिय संस्थाका कर्मचारीहरु पनि भटाभट जागिर छोडिरहेका छन् र संस्थाका सिओ वा सञ्चालकहरु पनि धमाधम राजीनामा दिइरहेका छन् ।
त्यस्तै वित्तिय संस्थाले धितो राखेर दिएको कर्जाको पनि साँवाब्याज नै नउठ्ने अवस्थामा पुगिसकेको छ र ऋणीले पनि ऋण नतिर्ने भनेर भनिसकेका छन् । त्यसैले पनि अहिले वित्तिय संस्थामा पैसा राख्ने कोही छैनन् र भएका पनि निकाल्नका लागि लाइनमा बसिरहेका छन् । यता वित्तिय संस्थाले रोक्का गरेर दिएको कर्जाको धितोको मूल्य पनि घट्दै गइरहेको छ ।
दुईवर्षअगाडी १ करोड मूल्य पर्ने धितो राखेर ६० लाख कर्जा प्रवाह गरे, त्यसको साँवाब्याज जोडेर ९० लाख पुग्यो तर करोड मूल्यको धितो आज लाख रुपैँयामा आइपुग्यो । वित्तिय संस्थाहरु यसरी डुबे र यिनीहरु भाग्नुपर्ने दिन आइपुग्यो । पछिल्लो समय बजारमा न घरजग्गा नै किन्ने मान्छे छ न गाडी र सेयर । अहिले घरजग्गा, गाडी र सेयर बेच्नेहरु त यत्तिकै भेटिन्छन् तर किन्ने कोही छैनन् ।

घरजग्गा, गाडी, सेयरको दलाल गर्नेहरु पनि डुबेर नेपाल नै छोडेर भागिसकेका छन् वा नभागेकाहरु पनि मोबाइलको स्विच बन्द गरेर लुकेर हिडिरहेका छन् । अहिलेपनि कलाकार नचाएर वा विज्ञापन बजाएर वित्तिय संस्थाले जनतालाई बढी ब्याजको प्रलोभनमा फसाइरहेका छन् तर पछिल्लो समय यीनीहरु डुबिसकेका छन् ।

भर्खरै यँही भएको सहकारी पनि घण्टामै कता हराउँछ भनेर समेत अहिले ठेगान छैन । तर यस्तो समयमा पनि वित्तिय संस्थामा पैसा नराख्नुस भनेर राष्ट्र बैंक वा सहकारी विभागले जनतालाई सूचित गराएको छैन । वित्तिय संस्थामा गएर हेर्दा वा बस्दा त्यँहा भोट हाल्नका लागि लाइन बस्या बराबर मानिसहरु पैसा निकाल्न बसिरहेका छन् ।

नेपालका बैंक तथा सहकारीहरु यति चाँडो डुब्छन् वा यसरी टाट पल्टिछन् भनेर जनताले कल्पना समेत गरेका थिएनन् । तर वित्तिय संस्थाले ऋणीलाई त डुबायो नै त्यसको साथसाथै डिपोजिटलाई पनि डुबायो र हुँदाहुँदै आफैँ पनि डुब्यो । अब वित्तिय संस्थाको विरोधमा घरघरबाट जनताहरु सडकमा उत्र्रिनुपर्ने दिन आएको छ र वित्तिय संस्थाले जनता ठग्न राखेको बोर्ड निकालेर फाल्नुपर्ने अवस्था आएको छ ।

जतिसुकै प्रयास गरेपनि अब वित्तिय संस्थालाई सर्वसाधारणले विश्वास गर्दैनन् । पछिल्लो समय कति सहकारीका अध्यक्षहरु सहकारी नै आउँदैनन् त भएका अध्यक्ष वा सञ्चालकहरु पनि भटाभट राजीनामा दिइरहेका छन् । पहिला सहकारीको अध्यक्ष वा सञ्चालक बन्न कत्रो दौडधुप गर्नुपथ्यो वा राजनितिक पार्टीको झोला बोक्नुपथ्यो तर अहिले त सहकारीको अध्यक्ष वा सञ्चालक बनिदिनुस् भनेर खुट्टा ढोक्दा समेत कोही मान्दैन ।

अहिले त शत्रूलाई डुबाउनु छ भने सहकारीमा पैसा राख र घरजग्गा, गाडी र सेयरमा लगानी गर भनेर भन्नुपर्छ । सर्वसाधारण वा हरेकको मुखमा अहिले एउटैकुरा सुनिन्छ, सहकारीमा पैसा राख्दा र घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा त्यो त डुब्यो म पनि डुब्ने भए । त्यसैले अब हामीले अरुको लौँलौँमा लागेर आफुले नै आफुलाई डुबाउने काम गर्नुहुदैँन ।

चुनावपछि पनि अर्थतन्त्र झन् जटिल हुन्छ र नेपाल श्रींलका हुन्छ भनिन्छ । अहिले नै सरकारी कर्मचारीलाई तलब खुवाउन देशमा पैसा छैन र जनताले पनि कर तिर्दैनन् ।

जनताले वित्तिय संस्थामा धितो राखेर लिएको कर्जा अब उनीहरु तिर्ने अवस्थामा छैनन् । किनभन्दा बिक्री गरौँ त मूल्य छैन , तिरौँ त पैसा छैन । यसरी ऋणीले ऋण नतिरेपछि र जनताले रकम नराखेपछि वित्तिय संस्थानै डुब्ने भएको छ । ऋणी डुबाउँदा डुबाउँदै डुबेको वित्तिय संस्था ।