जनकपुरधाम । यौनिक तथा लैगिंक अल्पसंख्यक (एलजीबीटीआई)लाई पाइलै पिच्छे विभेदको सामना गर्नु परेको छ । घरका सदस्य, समाज र राज्यले उनीहरुसंग विभेद गरिरहेका छन् ।

बिहीबार पत्रकार सम्मेलनमा उनीहरुले राज्यले नागरिकता वितरणमा, समलिंगि विवाहलाई वैधता नदिँदा र अंशको हकमा विभेद गरिरहेको बताए ।

कार्यक्रममा समाजले उनीहरुलाई घृणाको दृष्टिकोणले हेरिरहेको र अहिले पनि स्वीकार नगरेको नील हिरा समाज धनुषाका पूर्व अध्यक्ष प्रदीप यादवले बताए ।

मधेश प्रदेशमा यौनिक तथा लैगिंक अल्पसंख्यक ६ हजार भन्दा बढी भए पनि पछि परेको उनले उल्लेख गरे । समाज र राज्यले अझै यौनिक तथा अल्पसंख्यक समुदायलाई रोग भनेर पञ्छिने गरेको उनले बताए ।