जनकपुरधाम । जनकपुरधाममा शनिबार केण्डल मार्च गरिएको छ । भारतको मुम्वईमा भएको २६/११ घटनामा शहादत प्राप्त गर्नेहरुको स्मरणमा दीप प्रज्जवलन गरी केण्डल मार्च गरिएको छ ।

मानवता संरक्षण मंचले शान्तिपूणर् केण्डल मार्च निकाल्दै आजकै दिन मुम्वइको विभिन्न ठाउँमा भएको आतंकवादी हमलामा परी मृत्युवरण गरेका व्यक्तिहरुप्रति श्रद्धाभाव अर्पण गरिएको थियो ।

जनकपुरधामको रेल्वेस्टेशनबाट निस्केको केण्डल मार्च जनकचोकमा गइ कोणसभामा परिणत भएको थियो ।

कोणसभामा मंचका संयोजक सुनिल कुमार यादवले आतंकवाद र आतंकवादी मानवताको शत्रु भएकोले यसको विरुद्ध खुलेर बोल्नुपर्ने बताए ।

नेपालमा पनि आतंकवादको गतिविधिहरु बढ्दै गएकोले समयमै सजग भइ कडा कदम चाल्न सरकारलाई उनीहरुले अनुरोध गरे ।

आतंकवाद विरुद्ध अन्तर्राष्ट्रिय निकायमा आवाज उठाउनुपर्ने उनीहरुले सरकारसंग माग गरे । आतंकवादको कुनै जाती र धर्म नभएकाले आतंकवादविरुद्ध सबैको साथ र सहयोगको आवश्यकता रहेको उनले बताए ।