जनकपुरधाम । असुली गर्न कै लागि मात्र पत्रकारिता गर्दै आएका प्रनिस थापामाथि अझै कुनै कारबाही भएको छैन ।

दिनानुदिन थापाले आफ्नो असुलीका जालो फैलाउदै छन । मधेश प्रदेश, प्रदेश १, बागमती प्रदेश लगायतका ठाउँहरुमा झूठो षड्यंत्र गर्दै राष्ट्र सेवामा निहित रही खटने प्रहरी प्रशासनलाई लक्षित गर्दै असुली गर्दै आएका थापाको जालो अब नेपाल भरी नै फैलिदै गएको देखिएको छ ।

थापाबाट पीडित हुनेको संख्यामा वृद्धि हुन जादा पनि सम्बन्धित निकायको अहिलेसम्म कुनै चासो नदेखिएको पीडितले गुनासो गर्दै आइरहेका छन ।

आफूले लक्षित गरेको व्यक्तिसँग मिलनसार मित्रता बनाइ बोलेको कुरा रेकर्ड गर्ने अनि आफूले असुली गर्नसक्ने अनुकूल उक्त रेकडिंगलाई एडिट ग़री धाक धमकी दिने यो विषय सार्वजनिक गरदिने कमाण्डर लाई सुनाईदिने जस्ता कुरा गरेर बार्गेनिंग गर्दै असुली गर्नेगर्छन थापाले ।

असुली धन्दा कै कारण बदनाम भएर प्राइम टाइम्स टेलीभिजन तथा सुर्योदय टेलिभिज़न बाट निष्काषित गरिएका चितवन रत्ननगरका थापा अझै असुली धन्दा गर्दै आइरहेका छन ।

प्राविधिक र कानूनी हदको दुरुपयोग गर्दै उनले कैयौ चोटी समाचार लेखदिने धमकी दिदै असुली गर्दै आइरहेका छन ।

थापाको असुली धन्दाको मुख्य केन्द्रबिन्दु भने प्रहरी प्रशासन छन् । प्रहरी संगठनको अनुशासन र कारबाही हुने तरिका बारे स्पष्ट बुझेका प्रनिसले सीपाहीदेखि अधिकृतसम्मका प्रहरीलाई ब्लैकमेल गरी असुली गर्नेगर्छन् ।

गुनासो सुनदिने सरकारी निकाय हेल्लो सरकार माप़र्mत अहिले सम्म उनले तिन हजार सात सय प्रहरी विरुद्ध उजुरी हालिसकेका छन ।

थापाको असुली धन्धाको प्रतिकार गरेका कैयौ प्रहरीले आफ्नो जागिर गुमाउनु परेको छ भने कतिपय विभागिय कारबाहीमा परेर सरुवा सहित बढूवा रोक्कामा परेर आफ्ना पीडा मनमै राखेर जागिर गर्नु परेको छ ।

थापाको असुली धन्धामा उनी एक्लै हैन उनका सहयोगी पनि छन् । नाट्कीय ढङ्गले सजिएका थापाको जालोमा सहजै फसेका प्रहरीले आफ्नो जागिर जोगाउन उनले भनेको कुरा गर्नुपर्ने अवस्था सिर्जना हुन्छ ।

असुली धन्धाको सुरुवात मित्रवत् रूपले आफूले लक्षित गरेको प्रहरीलाई सामान्य प़mोन गर्ने , कुरा गर्ने क्रम मैं तस्करी,घुमुवा तथा प्रहरीले असुली गरेको र हाकिम सम्म पुर्याएको कुरा गर्दै जादा उक्त प़mोन रेकर्ड ग़री असुली गर्न अनुकुल हुने हिसाबले एडिट गरी पहिला धमकी दिने रेकार्डडिंगको आधारमा समाचार बनाइदिन्छु भन्ने गरेको पाइएको छ ।

ई-सेवा,खल्ती जस्ता विधुतिय कारोबार हुने एप्स माप़र्mत पैसाको डिमाण्ड गर्नेगर्छन भने अनुसारको रकम नपठाए पछि माथिल्लो निकायलाई उक्त रेकडिंगको बारेमा भन्ने कुरा नमिले पछि आफैले लेखेका समाचारलाई आधार बनाएर विभिन्न निकायमा उजुरी समेत हाल्दै उक्त उजुरी ऊपर भएको प्रगति बारे सम्बन्धित निकायमा ताकेतासमेत थापाले गर्दै आइरहेका छन ।

यति मात्र हैन आम सर्वसाधारण समेत यिनी सँग पीडित हुँदै आइरहेका छन चिया पसल लगायत अन्य ठाउँमा व्यक्तिहरुले आफैबिच प्रहरी वा कुनै व्यक्तिको विपक्षमा बोलेको कुरा समेत रेकर्ड ग़री बोल्ने व्यक्तिलाई ब्लैकमेल गर्ने असुली गर्न खोज्ने कार्य गर्दै आइरहेका छन ।