जनकपुरधाम

अर्थ राज
मधेश टप : निर्वाचनको लहरमा होमिएको देश मा विभिन्न परिवर्तन भएको देखिन्छ भने कतै दोहोरिनु पनि स्वभाविक थियो।

हालै भएको प्रतिनिधिसभा तथा प्रदेशसभा को निर्वाचन २०७९ ले थुप्रै चकित कुराहरू देखायो। त्यस्तै नै रोचक निर्वाचन परिणाम धनुषा जिल्लामा देखियो।

धनुषाको राजनीति कुरा गर्दा र महासेठ दम्पतीको कुरा भएन भने अधुरो नै रह्नेछ। यस्पालीको प्रतिनिधिसभा सदस्य तर्फ नेकपा एमाले-जसपा को साझा उम्मेदवार रहेकी जुली महतो र धनुषा-४ बाट नेकपा एमालेका उम्मेदवार रघुविर महासेठ चुनावी मैदानमा जनतासमक्ष थिए।

धनुषाको प्रतिनिधिसभा को मतगणना आजै सकिदा धनुषा क्षेत्र न. ३ बाट जुली महतो आफ्नो प्रतिद्वन्दी अनिल झा लाई भारी मतले हराउँदै विजय भएकी छिन। भने धनुषा क्षेत्र न. ४ बाट रघुविर महासेठ आफ्नो प्रतिद्वन्दी महेन्द्र यादव लाइ क्षीण मतले हराएपनि विजयी फेला पार्न सफल भएछ्न।

कुरा रोचक यहाँ बन्छ कि महासेठ दम्पतीले एउटा रेकर्ड कायम गरेको छ।

पञ्चायत कालमा पहिलो पटक धनुषाबाट हेमबहादुर मल्ल र वहाँको पत्नी शारदा मल्ल ,दुबैजना धनुषाबाट राष्ट्रिय पञ्चायत सदस्यमा चुनाव जितेका थिए ।

तर इतिहास दोहर्याउन धनुषा जनता पनि कहाँ पछाडी पति पत्नीलाई चुनाव जिताएको धनुषा जनताले तिन दशक पछि रघुवीर महासेठ र जुली महतो (पति-पत्नी) लाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराएका छन् ।

तीन दशक पछि धनुषाले केहि सन्देश दिन खोजेको छ। धनुषा जनताले विश्वासको मत दिएर विजयी माला लगाइदिएका छ्न। अब उनीहरुको पालो छ धनुषा जनतासहित समग्र देशलाई मुहान फेर्न सफल होस।