
सप्तरीको बोदे बरसाईन नगरपालिका–५ स्थित चन्द्रा नमूना माध्यमिक विद्यालयको खेल मैदानमा पुनः स्टेडियम निर्माण हुने भएको छ । स्टेडियम निर्माणको लागि शुक्रबार आयोजना गरिएको एक समारोहका बीच शिलान्यास भएको छ ।


नव निर्वाचित मधेस प्रदेशका प्रदेश सभा सदस्य माननीय अनिरुद्व सिंह यादवको प्रमुख अतिथिमा स्टेडियमको शिलान्यास गरेका हुन् ।
समारोहमा जिल्ला जनस्वास्थ्य कार्यालय राजबिराजका प्रमुख दुनियालाला यादव , विद्यालयका प्रधानाध्यापक गैरीशंकर चौधरी , बिधालय ब्यवस्थापन समितीका सदस्य अनिल प्रसाद सिंह , बिध्या नारायण यादव , वडा अध्यक्ष मो मजेबुर रहमान , स्थानीय जय नारायण यादव र दिपेन्द्र यादव लगायतको उपस्थिती थियो ।
मधेस प्रदेश को समाजिक विकास मन्त्रालयबाट स्वीकृत समाजिक बिकास इकाई कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँको लागतमा स्टेडियम निर्माण हुन लागेको जनाएको छ ।