उमेश कुमार साह :२६ सोमबार बोदे बर्साईन
नेपाल विद्युत् प्राधिकरणका बोदे बर्साईन बितरण केन्द्रका प्रमुख इन्जिनियर रुपेश कुमार यादवले बोदे बर्साईन बितरण केन्द्रलाई लोडसेडिङ मुक्त बनाउने अभियान चलाइरहँदा
नेपाल बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्रको प्रमुख सहितको टोलिले विद्युत् चोरी (चुहावट) गर्नेविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ ।
शाखाले एक हप्ताभित्र विभिन्न ठाउँमा सर्वसाधारणलाई जनचेतना दिदै विद्युत् चोरी तथा अवैध प्रयोग गर्दागर्दै फेला पारेर कारवाही थालेको छ ।
प्राधिकरणका बोदे बर्साईन शाखा प्रमुख इन्जिनियर रुपेश कुमार यादवका अनुसार गत शुक्रबार मात्र बोदे बर्साईन नगरपालिका र बलानबिहुल गाउँपालिका धेरै जस्तो सेवाग्राही हुदा पनि अनियमितता गरि हुक प्रयोग गरी बिजुली चोरी गरिरहेको अवस्थामा फेला पारेको थियो । धेरै सेवाग्राहीलाई जनचेतना दिदै आइरहेको छ। केही मानिसलाई विद्युत् चुहावट नियन्त्रण विनियमावली अनुसार कारवाही समेत गरिएको यादवले जनाए । यससँगै प्राधिकरणका प्रमुख यादव सहितको टोलिले दैनिक छड्के जाँच पनि शुरु गरेको छ ।
‘हामीले सर्वसाधारणबाट आएका सूचनाका आधारमा पनि छड्के चेक गर्ने गरेका छौँ’, यादवले भने, ‘यसरी विद्युत् चोरी गर्नु र अवैध प्रयोग गर्नु अपराध हो । हामी कुनै हालतमा कारवाही गर्छाैं ।’ अहिले चुहावट नियन्त्रण टोलीसमेत बनाएर छड्के जाँच गर्न थालेको बताउँदै उनले भने, ‘’ यो प्रक्रिया निरन्तर रहने जनाउँदै यादवले उपभोक्ताहरुबाट सहयोगको अपेक्षा गरेको सुनाए ।
प्राधिकरणले एक हप्तामै लाखौं रकम जरिवाना असुल गरेको छ । विद्युत् चोरी र अवैध प्रयोग गर्दा प्राधिकरणले कारवाही गर्ने मात्र नभई सामाजिक बेइज्जती पनि हुने भएकाले यस्तो कार्य निन्दनीय हुने प्राधिकरणको बोदे बर्साईन शाखाका प्रमुख इन्जिनियर रुपेश कुमार यादवको भनाइ छ । ‘विद्युत् चोरी गर्दा वा अवैध प्रयोग गर्दा करेन्ट लागेर ज्यान पनि जान सक्छ’, उनले भने, ‘यसमा सावधानी अपनाउनुपर्छ, वैधानिक रुपमा विद्युत् प्रयोग गर्न सबैले पाउँछ ।’
धेरै सेवाग्राहीको घरमा वा उद्योगहरुमा स्वीकृत क्षमताभन्दा बढीको एमसीबी प्रयोग गरिएको पाइएपछि प्राधिकरणले सेवाग्राहीलाई त्यस्तो समस्या प्रति ध्यानाकर्षण गराएको छ । प्राधिकरणले चोरी र अवैध बिजुली प्रयोग गर्नेहरुलाई कारवाही गर्न अब प्रहरी प्रशासनको पनि सहयोग लिने भएको छ । पटकपटक चोरी वा अवैध प्रयोग गरेको पाइए प्राधिकरणले मात्र हैन, प्रहरी मार्फत पनि कारवाही अगाडि बढाइने शाखा प्रमुख यादवको भनाइ छ ।
विद्युत् चुहावट नियन्त्रण ऐन– २०५८ को विनियमावलीमा विद्युत् चोरी तथा अवैध प्रयोग गर्नेलाई पहिलोपटक गरिएको जरिवानाको दुई सय प्रतिशत थप गरी छ महिनासम्मको कैद सजाय हुने व्यवस्था छ ।
Discussion about this post