जनकपुरधाम । धनुषामा स्रोत नखुलेको २४ लाख १७ हजार नेपाली रुपियाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्लाको विदेह नगरपालिका-९, इटहर्वास्थित सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको टोलीले भारतको मधुबनी मगपट्टी-१ बिसोल बस्ने २३ वर्षीय उमेशकुमारलाई सो रकमसहित पक्राउ गरिएको छ ।
सशस्त्र प्रहरी धनुषाका प्रहरी उपरीक्षक प्रकाशकुमार सुवेदीले जाँचको क्रममा प्रदेश २-०२-००५ प ५७९८ नम्बरको मोटरसाइकलको टङ्कीभित्र लुकाई छिपाई राखेर नेपालतर्फ आउँदै गरेको अवस्थामा स्रोत नखुलेको २४ लाख १७ हजार रुपियाँ बरामद भएको जनाइएको छ ।
बरामद रकम र मोटरसाइकल जनकपुर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिएका छन् ।
Discussion about this post