Unicode English
MadheshTop
Search
MadheshTop
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
  • Search

अघि बढ्दैछ तीनकुनेको पुल निर्माण
Author Avatar मधेशटप २०७९ पुष १, शुक्रबार १६:३०

काठमाडौं । लामो समयसम्म रोकिएकोे तीकानकुने पुल निर्माण अघि बढेको छ । पुरानो ठेक्का तोडेर गत साउनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइएकामा अहिले निर्माण कम्पनीले डिजाइनको काम अघि बढाएको छ । साढे तीन वर्ष अवधिको सो ठेक्का निर्माणको पहिलो छ महिना ठेक्कामा लाग्ने र डिजाइन स्वीकृत भएपछि भौतिक काम गरिने काठमाडौँ उपत्यका सडक विस्तार योजनाले जनाएको छ ।

निर्माण कम्पनीले पेस्की लगेको र डिजाइन गरिरहेको आयोजनाका प्रवक्ता महानन्द जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “डिजाइनका लागि काम गरिरहेको जानकारी कम्पनीले दिएको छ ।” निर्माण कम्पनीले डिजाइन तयार गरेर पहिले आयोजनालाई दिने र उसले विभाग पठाएर स्वीकृत भएपछि काम हुने छ । बिजुलीबजारको पुलजस्तै यहाँको पुल आधुनिक प्रविधि ‘आर्क एन्ड ब्रिज’ निर्माण गर्न लागिएको हो ।

पहिलोपटक निर्माण सुरु भएको झण्डै आठ वर्षपछि पुनः यो वर्ष नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको हो । निर्माण व्यवसायी आफैँले नै डिजाइन गर्ने गरी (डिजाइन एण्ड विल्ड) मार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । कूल ४२ महिनामा सक्ने गरी यसको ठेक्का वाइ÷पि÷किरातेश्वर जेभीलाई दिइएको छ । सो ठेक्काको रकम रु २४ करोड ५९ लाख ६७ हजार छ ।

यसअघि सो पुल निर्माणको काम पप्पु कन्स्ट्रक्सनले गरेको थियो । पहिले भएको काममध्ये दुवैतिरको पुलको केही भाग रहे पनि अधिकांश काम लागेको छैन । सरकारले दुई वर्ष पहिले पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का तोडेको थियो । निर्माण कम्पनीबाट जमानत जफत गरिसकिएको सूचना अधिकारी जोशीले बताउनुभयो । नयाँ निर्माणका लागि कम्पनीले रकम बोहोर्नुपर्ने हुन्छ ।

सो कम्पनीले डिजाइनभन्दा फरक गरी निर्माण गरेको र त्रुटि सच्याउनभन्दा नमानेकाले त्यसलाई तोडिएको थियो । यसअघि निर्माण व्यवसायीले लापर्बाही गरेको भन्दै निर्माणको काम सुरु भएको केही समयमा नै रोकिएको थियो । सो कम्पनीसँगको ठेक्का तोडिएपछि नयाँ प्रक्रिया सुरु गरिएको हो । पुरानो कम्पनीसँगको ठेक्का तोडेर नयाँ ठेक्कामा जान झण्डै एक वर्ष लाग्यो । ठेक्का तोडेपछि निर्माण कम्पनी अदालत गयो ।

अदालतको अन्तरिम आदेशका आधारमा तत्काल नयाँ ठेक्का हुन सकेको थिएन । सडक विभागले विसं २०७१ मा तीनकुने पुल र बिजुलीबजारस्थित पुल एउटै समयमा सुरु गरेकामा बिजुलीबजारस्थित धोबीखोला पुल तीन वर्ष पहिले बनेर सञ्चालनमा छ । तीनकुने पुल पप्पु कन्स्ट्रक्सनसँग रु २१ करोडमा ठेक्का भएको थियो ।

लामो समय व्यवसायीको बेवास्ताका कारण अघि बढ्न सकेको थिएन । विसं २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुल उल्टै बनिसकेका संरचनासमेत भत्काएर नयाँ निर्माण गरिएको छ । यसअघि पुल निर्माणस्थलमा खानेपानी, विद्युत्लगायतका संरचना हटाउन समय लागेपनि अहिले त्यो समस्या हटिसकेको छ । निर्माण कम्पनीले काम सरासर गर्दा तोकिएको अवधिमा गर्नसक्ने प्रवक्ता जोशीले बताउनुभयो ।

प्रतिनिसिभाअन्तर्गत विकास तथा प्रविधि समितिले पुल निर्माणमा समस्या देखिएको भन्दै त्यसलाई अघि नबढाउन र निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएको थियो । जगको काम हुँदा नै समस्या भएकाले त्यो अघि बढ्न सकेको थिएन । निर्माण कम्पनीले डिजाइनअनुसार काम नगरेको भन्दै सडक विभागले त्यसलाई सच्याउन भने पनि उसले अटेर गरेकाले ठेक्का तोडिएको थियो ।

यसअघि निर्माणको काम गरेको कम्पनीसँग ठेक्का अन्त्य भएपछि मात्रै नयाँ प्रक्रियामा जान बाटो खुलेको थियो । विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आयोजनाले काठमाडौँको व्यस्त सडकमा भएको सवारी चाप कम गर्न र सहरको सुन्दरता बढाउन भन्दै ‘आर्क एन्ड ब्रिज’ निर्माण अघि बढाएको थियो ।

मुख्य सडकका दायाँबायाँ दुई–दुई पुल निर्माण गर्न एउटै निर्माण कम्पनीसँग सम्झौता गरियो । बिजुली बजारस्थित पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसकेर त्यहाँको सडक व्यवस्थापन सजिलो भएको छ । अरू सामान्य पुलमा तल्लो भागमा भएपनि यसमा भार माथिल्लो भागमा पर्नेछ ।

अरू पुलको तुलनामा यसको अवधि लामो हुने जनाइएको छ । काठमाडौँ उपत्यकाको सवारी चाप बढिरहेको सडकमा माइतीघर–कोटेश्वर सडक छ । एक दशक पहिले छ लेनमा सडक विस्तार भएको थियो । त्यतिबेला सडक मात्रै विस्तार भएकामा अहिले काठमाडौँका धोबीखोला र वाग्मती खोला पुलसँगै भक्तपुरमा पुल विस्तार अघि बढाइएको छ ।


टिप्पणी दिनुहोस्
ADVERTISEMENT
धेरै पढिएको
  • १

    बाराको कलैया हत्या प्रकरणमा एक जना पक्राउ

  • २

    अस्पतालमा शय्या र अक्सिजनको अभाव

    अस्पतालमा शय्या र अक्सिजनको अभाव
  • ३

    सामाजिक कुरीति हटाउँदै डा. यादबले गरे आदर्श विवाह

  • ४

    सिके राउतका कार्यकर्ताले धनुषामा प्रधानाध्यापकलाई चपलैचपलले पिटे

  • ५

    लक्ष्मीनियाँमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको मृत्यु

  • ६

    ६ वर्षसम्म सन्तान नभएपछि देवरसँग सुत्न दबाब दिन्थे श्रीमान्, एकदिन अचानक….

ADVERTISEMENT

सम्बन्धित समाचार

युवा नेता साह रास्वपामा प्रवेश

कांग्रेस: मधेशको चुनावी कमाण्डर सहमहामन्त्री मुक्ता यादव

मधेशमा शिक्षा अधिकार र जवाफदेहीताबारे दुईदिने कार्यशाला

एमबीबीएस पढ्न पूर्ण छात्रवृतिमा नाम निकालेपछि दासको चौतर्फी सहयोग

एमबीबीएस पढ्न पूर्ण छात्रवृतिमा नाम निकालेपछि दासको चौतर्फी चर्चा

धनुषा : लेनदेन मुद्दामा एक महिलालाई पक्राउ

जनकपुरधाममा बजार अनुगमन अभियान सक्रिय

जनकपुरधाममा दूधको शुद्धता सुनिश्चित गर्न बजार अनुगमन

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

खोज्नुहोस् गर्नुहोस्

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
सुचना विभाग दर्ता नं. २५४०/२०७७/७८

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा
समाचार संयोजक : राजन झा
न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया
सप्तरी : उमेश कुमार  साह
महोत्तरी : रञ्जन भण्डारी
बारा/पर्सा : पवन प्रसाद साह

© 2020-2026 MadheshTop | All Rights Reserved | Privacy Policy

Developed by: Samay Drishti Logo