जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बलबा टाेल स्थित निर्माणाधिन सडक मापदण्ड विपरित रहेकाे छ ।

जनकपुरस्थित रामानन्द युवा कल्बका पूर्व अध्यक्ष प्रकाश मिश्रले मापदण्ड विपरित निर्माण भइरहेकाे सडककाे उपभोक्ता समितिसमेत अवैधानिक रहेकाे बताएका छन् ।

मिश्रले एक विज्ञप्ति जारीगर्दै सडक मापदण्ड विपरित र उपभोक्ता समितिमा नतावाद कायम गरी अवैधानिक तवरले उपभाेक्ता समिति निर्माण गरिएकाे आरोप लगाएका छन् ।

मिश्रले लेखेका छन्` सर्व प्रथम उपभाेक्ता समिति गठन गर्दा उपभाेग गर्ने मान्छेलाई अध्यक्षमा चुनिन्छ तर यहाँ प्रदेश सरकारका पूर्व भाैतिक पुर्वधार मन्त्री रामसराेज यादवका सल्लाहकार भइसकेका भ्रष्टाचार आरोपित जिवनाथ चाैधरीले आफूखुशी समिति गठन गरी बाटाेकाे उपभाेग नै नगर्ने मान्छेलाई अध्यक्ष र काेषाध्यक्षमा राखेका छन् ।

अध्यक्षमा रहेका दिपेश चाैधरी (जिवनाथका भतिजाे ) यस वडाका बासिन्दा समेत छैनंन । काेषाध्यक्ष जिवनाथका भाइ रामविनाेद चाैधरी (पप्पु)का श्रीमती वन्दना शर्मा छन ।

उनी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ स्थित राजर्षि जनक माध्यमिक विद्यालयमा सरकारी शिक्षककाे रूपमा समेत कार्यरत छिन । यस समितिमा अवैधानिक रहेकाे स्पस्ट हुन्छ । यसैकारण सम्पूर्ण सराेकारबला निकायले यसतर्फ ध्यान दियी यी सबैजनालाई कारबाहीकाे लागि अनुराेध गर्दछु ।´