जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ  गाउँपालिकामा कार्यरत  प्रमुख प्रशासकीय अधिकृत नागेम्द्र यादब को फेसबुक एकाउन्ट ह्याक भएको छ ।

उनले सामाजिक संजालमार्फत यो कुराको जानकारी दिएक छन् ।

अधिकृत यादवको फेस्बुक एकाउन्ट ह्याक गरेर ह्याकरले धेरैलाई पैसा मागेको कुरा बाहिरिएको छ, भने धेरै जनाले स्क्रिन सट गरेर समेत सामाजिक संजालमा ब्यापक आलोचना भएको देखिएको छ ।

गाउँपालिकाका एक कर्मचारीका अनुसार, ह्याकरले अधिकृतले चिनेको सबैलाई मेसेज गरी पैसाको समेत माग गर्न थालेका छन् ।यस सम्बन्धमा थप प्रतिक्रिया लिन खोज्दा अधिकृत यादवको फोन लागेन ।