जनकपुरधाम । पोखरामा भएको विमान दुर्घटनाको शोकमा आज (सोमबार) बस्ने भनिएको मधेस प्रदेश सभा बैठक स्थगित भएको छ । भने मंगलबार बस्ने भएकाे छ ।

पोखरामा भएको विमान दुर्घटनाको शोकमा बैठक स्थगित गरिएको मधेस प्रदेश सभा सचिवालयका सचिव रञ्जित कुमार यादवले बताउनुभयो । देश शोकको घडीमा रहेकाले प्रदेश सभाको बैठक स्थगित गर्नु परेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश सभा बैठकबाट सभामुखको निर्वाचन गर्नुका साथै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम तय गरिएको थियो । स्थगित गरिएको प्रदेश सभा बैठक अब मङ्गलबार बस्ने सचिव यादवले जानकारी दिनुभयो ।

मङ्गलबारको बैठकमा मुख्यमन्त्रीमा नियुक्त भएका यादवले दिउँसो १ बजे विश्वासको मत लिने र सभामुखको निर्वाचनसमेत हुने कार्यसूची तय गरिएको छ ।