जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विना विभागिय मन्त्रीहरुको जिम्मेबारी बाँडफाँड नतोकिएको बताएका छन् ।

मंगलबार बसेको मन्त्री परिषद बैठकबाट विना विभागिय मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड नगरिएको जनाइएको छ ।

मुख्यमन्त्री यादवले जिम्मेवारी बाँडफाँट बारे आज भोलिमा हुने बताएका छन् ।

यता मुख्यमन्त्री यादवले एक दुई दिन भित्रै मन्त्रीपरिषदलाई पूणर्ता दिने तयारी समेत गरेका छन् ।