जनकपुरधाम । विगत लामो समयदेखि नियमित रुपमा फोहोर उढ्न नसकेका कारण जकपुरधामको व्यापारी समस्यामा परेका छन्।

फोहोर व्यवस्थापन हुन नसक्दा शिव चोकको नजिक रहेको घरजग्गा खाली भएको ठाउँमा फोहोर फालिएको छ ।

होटलको छेउमा फोहोर थुप्रिएका छन्। यसबाहेक उप-महानगरपालिकाका वासिन्दाको घर-घरमा पनि फोहोर थुप्रिएका कारण समस्या भएको छ। फोहोरका कारण सडक दुर्गन्धित भएपछि आवतजावत गर्ने सर्वसाधारणलाई कठिनाइ भइरहेको उनीहरुको गुनासो छ।

नजिक रहेको चिया पसले किसन साहले करिब डेढ वर्ष देखि पसल गरिरहेका छन् । त्यस्तै यस पसलमा आउदा फोहोर थुप्रिएका कारण धेरै मारका परेको बताउँछन्।

‘मास्क लगाए पनि नाक थुनिएर हिँड्नु परेको छ, एकातिर कोरोनाको डर छ अर्का तिर फोहोरले गर्दा अर्को रोग फैलिने पो हो कि भने डर मनमा बसेको छ,’ उनले भने।

‘हामी जनताले समयमै फोहोर हेर्दा हामीले अहिले जहाँ गए पनि चारै तिर फोहोर थुप्रिएको मात्र देखिन्छ । अप्ठायारो हुने भने हामी जनतालाई नै हो,’ उनले थपे।

नियमितरुपमा पानीसंगै किरा देखिएको फोहोर व्यवस्थापनमा थप समस्या भएको जनकपुरधाम उपहानगरपालिका वातावरण एकदमै अस्तव्यस्त रहेको व्यापारी बताउँछन् ।