लामिछानेले नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरेको देखिएन (फैसलाकाे पूर्णपाठ)

 

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सांसद हुन अयोग्य रहेको फैसला गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले आज उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उहाँ सांसद हुन अयोग्य रहेको फैसला गरेको हो ।

यो फैसलासँगै लामिछानेको सांसद पद खारेज भएको छ । लामिछानेले अमेरिकी नागरिकता लिएको र नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेकाले प्रतिनिधिसभा सदस्य हुन योग्य नरहेको अदालतले ठहर गरेको सर्वाेच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

गृहमन्त्री लामिछाने मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो ।

गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथि कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा रहेको संबैधानिक इजलासले सुनुवाइ गर्नुभएको थियो ।

गृहमन्त्री लामिछानेसमेतलाई विपक्षी बनाएर अधिवक्ता रविराज बसौलासहित र अर्का अधिवक्ता युबराज पौडेलसहितले दायर गर्नुभएको दुई छुट्टा–छुट्टै रिट निवेदनमा एकसाथ सुनुवाइ भएको थियो ।

 

हेर्नुहाेस् पूर्णपाठ :


टिप्पणी दिनुहोस्

सम्बन्धित समाचार