जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रीमण्डल विस्तार गर्न लागेका छन् ।

सत्तारुढ दलहरु नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत र नेकपा माओवादी केन्दलाई समेटेर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गर्न लागेका छन् ।

प्रदेश सरकारको ७ वटा मन्त्रालयको भागबण्डा गरी मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गर्न लागेका छन् ।

जसअनुसार जसपाबाट सुरिता साह, सिंहासन साह कलवार र प्रमोद जयसवाललाई मन्त्रीमण्डलमा शामिल गर्न लागिएको हो ।

त्यस्तै,नेकपा एमालेबाट राजकुमार लेखी र शारदा थापा मन्त्री बन्न लागेका छन् भने जनमत पार्टीबाट संसदीय दलका नेता महेश प्रसाद यादव र माओवादी केन्द्रबाट भरतप्रसाद साह तथा सुनिता यादवको नाम मन्त्री बन्ने सूचीमा रहेको छ ।

गत पुस २९ शपथ लिएका मुख्यमन्त्री यादव सहित तीन जना मन्त्रीलाई एक सता अगि मात्रै पद निर्धारण गरिएको थियो । त्यस्तै , तीन सातापछि मन्त्रीमण्डललाई पूणर्ता दिन लागेका छन् । मन्त्रीहरुले आजै शपथ ग्रहण गर्न लागेका छन् ।