पुनम शर्मा.

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-८ स्थित जानकी वृद्धाआश्रमका वृद्धाहरुलाई फलफुल वितरण गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका-४ की चंचल भगतले आफ्नो जन्म दिनको अवसर पारेर वृद्धवृद्धालाई आश्रममा फलफूल तथा खाजा वितरण गरेकी छन् ।

आइतबार आश्रम परिसरमै कार्यक्रमको आयोजना गरी भगतले वृद्धाहरुलाई खाजा खुवाएर जन्मदिन मनाएकी छन् । कार्यक्रममा उनका परिवारजन लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी,भगतले जन्मदिनको अवसरमा जउनपा-८ मै स्थित करिबदास बालवात्सल्य अनाथालयका बालबालिकाहरुलाई कापी कलम किताब, तथा नास्ता वितरण गरेकी छन् । अनाथालयमा रहेका १४ जना बालबालिकाहरुलाई ती सामग्रीहरु वितरण गरिएको छ ।

दाताकै भरमा सञ्चालित जानकी वृद्धाश्रमका आमाहरुले फलफूल र खाजा पाएर निक्कै खुशी भएकी थिइन् ।

‘जे जति हुन सके आमाहरुको अनुहार खुशी हेरेर आफ्नो आमा खुशी भएको अनुभूति भएको छ’ भगतले भनिन्-‘सधै सकिँदैन् तर, मौका मिलाएर सबैले आमाहरुको अनुहारमा खुशी ल्याउन सक्नु पर्छ ।’

हुनत दातृनिकायहरुले वृद्धाश्रमलाई सहयोग गर्दै आएको छ तर, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले वृद्धाश्रमलाई उपेक्षा गर्दै आएको छ । वृद्धाश्रममा रहेका आमाहरु दाताहरुको पखाइमा बसेको जस्तो वातावरण रहेको छ ।