जनकपुरधाम । करार सेवामा कर्मचारी भर्ना नगर्न माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छ ।

प्रदेश तथा स्थानीय तह मातहतका कार्यालयहरु सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति पदपूर्ति जिम्मेवारी प्रदेश लोकसेवा आयोगको भएता पनि करारमा कर्मचारी भर्ना गर्ने गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

उनीहरुले करार पदपूर्ति बन्द गर्नुपर्ने, मधेश प्रदेश लोकसेवा आयोग निस्कृय बनाउन नहुने, विज्ञापनको वार्षिक कार्यतालिका समावेश गरी सार्वजनिक गर्नुपर्नेलगायतका माग गरेका थिए ।

उनीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै प्राविधिक कम्युटर अपरेटरतर्फको विज्ञापन खुलाउनसमेत माग गरेका छन् ।