उमेश कुमार साह
सप्तरी २८ माघ
सप्तरीको खडक नगरपालिका वडा नम्बर १० फुलवडियाद्वारा संचालित छैठो पच्चशिल्ड फुटवल प्रतियोगिता शनिबार सम्पन भएको छ ।

एक आयोजनाको बीच फुटवल प्रतियोगिता माघ १३ गतेबाट संचालन गरि शनिबार एक औपचारिक कार्यक्रमका विच सम्पन भएको छ ।

आजको फाईनल फुटबल प्रतियोगितामा बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ सारस्वर र खडक नगरपालिका वडा ४ करमनियाको बीचमा हुँदै खेलकुद समितिले जनाएको छ ।

लगभग हप्ताको दिन देखि श्री ५ महेन्द्र माध्यमिक बिधालय फुलवडियाको खेलमैदानमा संचालन भएको छ।

खेलाडीहरूको प्रतिभालाई पहिचान गराउने उद्वेश्यले खडक नगरपालिकाको फुलवडियाले एक अवसरमा छैठो पच्चशिल्ड फुटबल प्रतियोगिताको आयोजना गरेको र यसलाइ प्रत्येक वर्ष निरन्तरता दिने खडक नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमको प्रमुख अतिथि जय प्रकाश चौधरीले बताएका छन् ।

खेल समितीको अध्यक्ष शत्रुधन प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको छ।
त्यस्तै कार्यक्रमका विशिष्ट अथिती नगर उपप्रमुख रिता कुमारी चौधरी रहेकी थिइन् ।

खडक नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजिन्द्र प्रसाद चौधरीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन सुबिन कुमार यादव र सरोज कुमार साहले गरेका थिए ।

प्रतिक्रिया!!

सम्बन्धित खबर