जनकपुरधाम । निजामती कर्मचारी युनियनले अध्यक्षमाथि कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

शुक्रबार नेपाल निजामती कर्मचारी संगठनले प्रेस विज्ञप्ति जारी गर्दै माघ २५ गते मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा कार्यरत श्रवण कुमार यादव र आन्तरिक लेखापाललाई सोही गाउँपालिकाका अध्यक्ष जय कुमार यादवले कुटपिट गरेको घट्नाको निन्दा गरेको छ ।

राष्ट्रसेवामा अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारीमाथि गरिएको भौतिक एवम् मानसिक आक्रमण समग्र राष्ट्रसेवक कर्मचारीमाथि कै प्रहार हो भन्ने ठहर रहेको विज्ञप्तिमा उल्लेख छ ।

दोषीमाथि उचित तथा पीडितलाई उचित न्याय नभएको खण्डमा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति धनुषाले चरणवद्ध आन्दोन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

घटना यस्तो थियो

मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्षले कर्मचारीमाथि हातपात गरेको थियो ।

गाउँपालिका अध्यक्ष जयकुमार यादवले सोही गाउँपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी श्रवण कुमार यादव र सहायक आन्तरिक लेखा परीक्षक नविन कुमार साहमाथि हातपात गरेको आरोप लगाइएको थियो ।

विगत एक महिनादेखि हाजिरी गर्न नदिइएको विषयलाई लिएर गाउँपालिकाको कार्यालयमा विवाद भएपछि अध्यक्ष यादवले हातपात गरेको कर्मचारीले आरोप लगाएका छन् ।

कर्मचारीद्वय साह र यादवले आफूहरुलाई विगत एक महिनादेखि गाउँपालिकाको कार्यालयमा हाजिरी गर्न नदिई अध्यक्ष यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत राम पुकार दासले मनोमानी गर्दै आइरहेको छ।

लेखा परीक्षक साहले बुधबार गाउँपालिका अध्यक्ष यादवसहित निमित्त प्रमुख प्रशासकीय दास र एकजना कार्यपालिका सदस्यका पति लक्ष्मी यादव तथा अध्यक्ष यादवका बाउन्सर बहेरा बेला बस्ने भरत महतोले आफूहरुमाथि कुटपिट गरेको बताए।

गाउँपालिका अध्यक्ष यादवले मनोमानी तरिकाले कार्यालयको हाजिरी रजिष्टर आफ्नो कार्यकक्षमा राखेको र उनको अगाडि पछाडि गर्ने कर्मचारीलाई मात्रै हाजिरी गर्न दिइएको कर्मचारी साहले दाबी गरे। उनले बुधबार आफूहरु हाजिरी गर्न जाँदा हाजिरी गर्न नदिएर उल्टै आफूहरुमाथि हातपात गरेको दुःखेसो गरे।

अधिकृत यादव सो गाउँपालिकामा विगत १ वर्षदेखि र लेखा परीक्षक साह विगत ४ महिनादेखि कार्यरत रहेका छन्। उनीहरुले आफूहरुलाई अध्यक्ष यादवले काम नै गर्न नदिएको गुनासो समेत गरे।

घटना भएको केही बेरपछि अध्यक्ष यादव र निमित्त प्रशासकीय अधिकृत दास कार्यालय बाहिर गएका थिए।

प्रतिक्रिया!!

सम्बन्धित खबर