जनकपुरधाम । वैदेही सामुदायिक सेवा समितिको फाल्गुन ६ गते हुने नयाँ कार्यसमितिका लागि कुल १७ जनाको उम्मेदवारी परेको छ ।
समितिको ९ सदस्सीय नयाँ कार्यसमितिका लागि सवै पदमा गरि कुल १७ जनाको उम्मेदवारी परेको समितिको निर्वाचन अधिकृत सिताराम साहले बताएका छन् ।
अध्यक्ष पदमा दुईजना, उपाध्यक्षमा दुईजना महासचिवमा दुईजना, महिला सचिवमा दुईजना कोषाध्यक्षमा दुईजना र कार्यकारिणी सदस्यमा ७ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षमा श्याम सुन्दर साह, विनोद कुमार साहको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा सन्तोष साह र राम उदगार दास उम्मेदवारी परेको छ । महासचिवमा , दिलिप कुमार साह र राजेन्द्र साहको उम्मेदवारी परेको छ ।
महिला सचिवमा सरिता कुमारी साह र सावित्री देवि दास तथा कोषाध्यक्षमा राम प्रताप साह र राम विनोद साहको उम्मेदवारी दर्ता भएको छ ।
कमिटीको कार्यकारणी समितिमा ४ जना हुनुपर्नेमा ७ जनाले उम्मेदवार दर्ता गराएको निर्वाचन अधिकृत सिताराम साहले जानकारी दिएका छन् ।
पुरुष सदस्यमा किशन साह, फुल्देश्वर यादव उर्फ दशैया ,रामनाथ साह र शम्भु प्रसाद साहले उम्मेदवारी परेका छन् ।
महिला सदस्यमा बबिता देवी दास, सरिता कुमारी यादव र सुस्मिता कुमारीको उम्मेदवारी परेका छन् । समिति मा कुल मतदाता संख्या ३ सय ७३ रहेको अधिकृत साहले जनाए ।
Discussion about this post