जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा कुमरकान्त झालाई मनोनित गरिएको छ ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कृष्ण प्रसाद यादवद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

झालाई संसदीय दलको विधान २०७४ को धारा ६ को उपधारा (३) बमोजिम नेपाली कांग्रेस मधेश प्रदेश सभा संसदीय समितिको प्रमुख सचेतक पदमा मनोनित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेस संसदीय समितिलाई थप सुदृढ एवं गतिशील बनाउन महत्वपूणर् सहयोग र योगदानको अपेक्षा गर्दै नेता यादवले हार्दिक बधाई एवं कार्यकालको सफलताको कामना पनि गरेका छन् ।