उमेश कुमार साह,

बोदे बर्साईन । सप्तरीको बोदे बर्साईनमा दोस्रो एमएलए T20 क्रिकेट प्रतियोगिता सुरु भएको छ । बोदे बर्साईन युवा समाजको आयोजनामा शुक्रबार देखि दोस्रो एमएलए T20 क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

शुक्रबार भएको दोस्रो एमएलए T20 क्रीकेट प्रतियोगितामा सप्तरीका बरही-बिरपुरका टिम बिजयी भएका छन् ।

पहिलो दिनको उद्घाटन खेलमा बरमझिया टिमले टस जित्दै ब्याटिङ गरेका छन जसमा २० ओभरको खेलमा १३० रनको टारगेटलाई चेस गर्दै बरही-बिरपुरका राजेशले ६९ रनको राम्रो पाली खेल्दै जित हासिल गरेको थियो ।

म्यान अफ द म्याच बरही-बिरपुरका राजेश घोषित भएका थिए ।

दोस्रो एमएलए T20 क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रम बोदे बर्साईन नगरपालिकाको नगर उपप्रमुख रेणु कुमारी साहको अध्यक्षतामा भएकी थिए। भने प्रमुख अतिथिमा मधेश प्रदेशका प्रदेश सभा सदस्य माननीय अनिरुद्व कुमार सिंह यादव रहेका थिए । कार्यक्रमको विशिष्ट अतिथि बलानबिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव , अतिथि अरुन कुमार यादव , अनिल प्रसाद सिंह , दिपेन्द्र कुमार यादव , वडा अध्यक्ष शिव नारायण यादव , तपसी यादव , राज कुमार यादव लगायत खेलप्रेमीहरुको कार्यक्रममा सहभागि थिए ।