जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका नेता तथा मधेश प्रेदशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले तिलाठी कोईलाडी गाउँपालिका–४ कोईलाडीमा निर्माणाधिन सडक, सामुदायिक भवन र मन्दिरको अनुगम गरेका छन् ।
आर्थिक बर्ष २०७९/०८०को बजेटबाट करिब २ करोडको लगानीमा निर्माण भईरहेको सडक, सामुदायिक भवन र मन्दिरको सोमबार निर्माण स्थल पुगेर अनुगमन गरेका छन् ।
पुर्वमन्त्री साहले भईरहेको कामको कस्तो गुणस्तरको बिषयमा स्थानीयहरुसँग समेत सोधपुछ गरेका छन् ।
अनुगमनको क्रममा जसपाका नेता निरज मुक्ति, सुरजीत सिंह गुड्ड स्थानीय नेता कार्यकता लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post