जनकपुरधाम । आस्था बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शाखा विस्तार गरिएको छ ।

शुक्रबार एक कार्यक्रमबीच क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा धनुषाको दोस्रो शाखा कार्यालयको उद्घाटन गरिएको छ ।

हिन्दू धार्मिक परम्परा अनुसार विधिवत् पूजा पाठ गरी शाखाको उद्घाटन गरिएको जनाइएको छ ।

संस्थाको २०७९ पुस २३ गते सम्पन्न साधारणसभाबाट नव निर्वाचित सात सदस्यीय सञ्चालक समिति तथा तीन सदस्यीय लेखा समिति गठन भएको थियो ।

सो समितिले २०७९ माघ १ गते संस्थाका अध्यक्ष विनोद कुमार साहको अध्यक्षतामा बसेको बैठकबाट महेन्द्रनगरमा शाखा खोल्ने निणर्य गरेको थियो ।

सोही निणर्य अनुसार शाखाको विस्तार गरिएको र शुक्रबार उद्घाटन गरिएको संस्थाका  बजार प्रतिनिधि पुनम शर्माले जानकारी दिए ।

उद्घाटनमा सञ्चालक समिति, लेखा समिति, ऋण  समिति, सल्लाहकार  समिति, बजार प्रतिनिधि कार्यरत कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।