जनकपुरधाम,फाल्गुन १९ गते । ऐतिहासिक मिथिला मध्यमा परिक्रमामा सहभागी श्रध्दालुभक्तजनहरुको सुबिधाका लागि परिक्रमा पडाब स्थल अौरहि हरुसाहामा निशुल्क स्वास्थ शिबिरको अायोजना गरिएको छ।

स्थानीय जय भैरव युवा कल्व,रामजानकी युवा कल्व,ग्यात्री परिवार ,समाज कल्याण केन्द्र, काव्या होस्पिटल जनकपुर को संयुक्त सहयोगमा गरिएको निशुल्क स्वास्थ शिविरमा हजारौं तीर्थयात्री हरुले स्वास्थ सेवा प्राप्त गरेका छन।

गत ५ वर्ष देखि निरन्तर समाज कल्याण केन्द्र का अध्यक्ष तथा वार्ड नं ५ का वार्ड अध्यक्ष सरोज मंडलको संयोजनमा परिक्रमा मा सहभागी श्रध्दालुभक्तजनहरुको सुबिधा का लागि निरन्तर स्वास्थ शिविर को अायोजन हुँदै अाएको छ।

गत चार वर्ष देखि प्रदेश सांसद रामअशिष यादवको प्रयास ,काव्या हौस्पिटल जनकपुरधामको अौषधि सहित प्रविधिक सहयोग र जय भैरव युवा कल्व को संयोजनमा परिक्रमा पडाब स्थल अौरहि निशुल्क स्वास्थ शिविर को अायोजन भैरहेको कुरा जय भैरव युवा कल्वका अध्यक्ष लक्ष्मी मुखिया ले जानकारी दिएका छन।

यसैगरी वार्ड नं ६ स्थित चक्कर गाउँमा वार्ड अध्यक्ष शंकरप्रसाद साहको संयोजनमा निशुल्क स्वास्थ्य शिविर को अायोजना गरिएको थियोे ।